अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२३ | Colorodo: 07:38

संशोधित बजेट समेत खर्च गर्न सकेन सरकारले

बिआरटीनेपाल २०७५ असार ९ गते ०:२५ मा प्रकाशित

सरकारले चालु आर्थिक वर्षमा मध्यावधि बजेट समीक्षाका क्रममा खर्च हुने भनी गरेको अनुमानित बजेट पनि खर्च गर्न मुश्किल देखिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको मध्यावधि समीक्षाका क्रममा बजेट खर्चको अनुमान १,२७८ अर्ब ९९ करोडबाट घटाएर १,०७८ अर्ब ९९ करोडमा झारेको थिए ।

यद्यपि आर्थिक वर्ष सकिन एक महिनाभन्दा कम अवधि बाँकी हुँदा उक्त अनुमानको ८० प्रतिशतमात्र खर्च भएको छ । महालेखानियन्त्रक कार्यालयका अनुसार अहिलेसम्म ८७० अर्ब रुपैँया बजेट खर्च भएको छ । बजेट समीक्षाका क्रममा सरकारले पुँजीगत खर्च १०० अर्बले घटाएर २३४ अर्ब ६२ करोड रुपैँया खर्च गर्ने अनुमान गरेकोमा ७० प्रतिशतमात्र पुँजीगत बजेट खर्च भई कुल १६६ अर्ब ३४ करोड खर्च भएको छ । प्रारम्भमा सरकारले ३३५ अर्ब १८ करोड रुपैँया पुँजीगत बजेट विनियोजन गरेको थियो । त्यस्तै, वित्तिय व्यवस्थातर्फ सुरुमा १४० अर्ब विनियोजन भएकोमा मध्यावधि समीक्षाका क्रममा संशोधन गरी १०९ अर्ब ४२ करोड रुपैँया खर्च हुने अनुमान गरेको थियो । उक्त बजेट हालसम्म ७७ अर्ब ६२ करोड रुपैँया खर्च भएको छ ।

त्यस्तै राजस्व तर्फ वार्षिक ७३० अर्ब ५ करोड संकलनको लक्ष्यमा हालसम्म ६३६ अर्ब १ करोड रुपैँया संकलन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू