अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३३ | Colorodo: 02:48

दुई कोरियाका छुट्टिएका आफन्तलाई पुनर्मिलन गराइने

बिआरटीनेपाल २०७५ असार ९ गते ०:०९ मा प्रकाशित

दक्षिण कोरिया र उत्तर कोरियाले छुट्टिएर बस्न बाध्य भएका कोरियालीहरूलाई पुनर्मिलन गराउन दुबै देशका अधिकारी तयार भएका छन् ।

दुई कोरियाले आगामी अगस्टमा उनीहरूबीचमा पुनर्मिलन गराउने सहमति शुक्रबार गरेका हुन् । 

कोरिया युद्धपछि छुट्टिएका आफन्तहरूको पुनः मिलनका लागि गत सन् २०१५ देखि नै विभिन्न प्रयास हुदै आएको थियो ।

सन् १९५० देखि १९५३ सम्म भएको दुई कोरियाको युद्धपछि लाखौं कोरियालीका आफन्तहरु छुट्टा छुट्टै बस्न बाध्य भएका थिए । उनीहरुलाई आवत जावत गर्नदेखि कुनै सञ्चार सम्पर्क गर्न समेत दिइएको थिएन ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीच गत अप्रिलमा भएको शिखर वार्तापछि पुनर्मिलनको वातावरण बन्न थालेको हो ।

औपचारिक समझदारी भने दुई कोरियाका उच्च अधिकारीकाबीचमा शुक्रबार उत्तर कोरियाको माउन्ट कुमगाङ रिसोर्टमा आयोजित बैठकमा भएको हो ।

दक्षिण कोरियाको एकता मन्त्रालयले आउदो अगस्टको २० देखि २६ तारिखसम्म दुवै तर्फबाट पुनर्मिलन गराउनेहरूको छनौट गरिने जनाएको छ ।

दक्षिण कोरियाको रेडक्रस कार्यालयले ५७ हजार जनालाई पुनर्मिलन गराउन आवश्यक रहेको जनाएको छ । उनीहरूमध्ये अधिकांश ७० बर्षभन्दा बढी उमेरका रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू