अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 19:35

नवराज सिलवाल र सुशीका कार्की मिलेकाले दुवैलार्इ कारबाही गरेका थियाैँ : देउवा

बिआरटीनेपाल २०७५ असार ८ गते २२:०१ मा प्रकाशित

हेटाैँडा । पूर्वडिआइजी नवराज सिलवाल एमाले कार्यकर्ता भएका कारण उनकाे बढुवा रोकिएको कांग्रेस सभापति शेरबहादुर देउवाले प्रस्टीकरण दिएका छन् ।

हेटौँडामा भएको काँग्रेस जिल्ला सभापतिहरुको भेलालाई शुक्रबार समापन गर्ने क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले तत्कालीन प्रधानन्यायाधीश सुशिला कार्कीलाई महाअभियोग लगाउनु पनि त्यसबेला सही भएको बताए । त्यही दुई प्रकरणका कारण कांग्रेसले चुनावमा हार व्यहोरेको टिप्पणी उठेपछि सभापति देउवाले यस्तो प्रस्टीकरण दिएका हुन् । उनी अलिकति पनि पछि नहटी आफ्ना कदम सही रहेको बताए ।

उनले सिलवाल र कार्की प्रकरण एकअर्कासँग जोडिएका कारण पनि दुई जनालाई कारबाही गर्नुपरेको जनाएका छन् । सिलवालले पेस गरेको कार्यसम्पादन मूल्यांकन कीर्ते भएको भनेर तत्कालीन आइजिपी र लोकसेवा आयोगका अध्यक्षले भनेपछि प्रकाश अर्याललाई आइजीपी बनाएको बताउँदै उनले नक्कली कार्यसम्पादन मुल्यांकनका पक्षमा फैसला गरेका कारण कार्कीलाई महाअभियोग लगाएको दाबी गरेकाे राजधानी दैनिकमा समाचार छ ।

७७ जिल्ला मध्येका बहुमत जिल्लाका सभापतिले सिलवाल र कार्की प्रकरणका कारण कांग्रेस चुनावमा पछारिएको भन्दै देउवासँग जवाफ मागेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू