अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३५ | Colorodo: 12:50

यूवा उधमी उत्पादनमा पूर्व उधोगमन्त्री संलग्न संस्था गणेशमान सिंह अध्ययन प्रतिष्ठानले सधाउने

बिआरटीनेपाल २०७५ असार ८ गते १०:३४ मा प्रकाशित

गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आगामी १० वर्ष भित्रमा १० हजार युवालाई उधमी बनाउने अभियान सुरु गरेको छ। गणेशमान सिंह अध्ययन प्रतिष्ठान अन्तर्गतको नेपाल उधमशील समाजले आज राजधानीमा आयोजना गरेको नेपाल स्टाटअप मिटमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष एवं पूर्व उधोग मन्त्री नविन्द्र राज जोशीले युवाहरूलाई उधमी नबनाए सम्म समृद्धि हासिल हुन नसक्ने बताउनु भयो। 

पढाई सके पछि जागिर खोज्ने सोचमा परिवर्तन ल्याउन जरुरी रहेको भन्दै उहाँले युवाहरूको नयाँ नयाँ सोचलाई व्यावसायिक रुपदिन प्रतिष्ठानले सधाउने बताउनु भयो। यसका लागी युवाहरूको नयाँ नयाँ सोचलाई स्थापित उधमीहरु सँग अन्तरक्रिया गरी सम्भाव्य परियोजनहरुमा लगानी जुटाई दिने गणेशमान सिंह अध्ययन प्रतिष्ठान अन्तर्गतको नेपाल उधमशील समाजले सहजकर्ताको भूमिका निर्वाह गर्ने उहाँले बताउनु भयो।

भाषणबाट मात्र समृद्धि प्राप्त नहुने भन्दै उहाँले समृद्धि हासिल गर्नका लागी लगानी गर्ने निजी क्षेत्रको हौसला बढाउने काम सरकारले गर्न नसकेको बताउनु भयो।

आफू उधोग मन्त्री हुँदा उधोगका लागी आवश्यक नीति निर्माणमा आफूले विशेष ध्यान दिएको भन्दै उहाँले रोजगारी सृजनामा महत्त्वपूर्ण योगदान गर्दै आएको निजी क्षेत्रको हौसला बढाउने काममा सरकारले ध्यान दिन जरुरी रहेको बताउनु भयो।

नेपाल स्टाटअप मिटमा देश भरिबाट छानियका २३ वटा युवा उधमीहरुको नयाँ व्यवसायी परियोजना प्रस्ताव माथि छलफल भएको थियो।

कूल एक सय परियोजना प्रस्ताव मध्ये बाट ती २३ वटा नयाँ व्यवसायी परियोजना प्रस्ताव छनौट भएका थिए। नेपाल स्टाटअप मिटमा मुलुकका स्थापित उधमीहरुका सामु सो प्रस्ताव माथि छलफल गरी उपयुक्त प्रस्तावमा लगानी जुटाउने छलफलको मुख्य उद्देश्य रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू