अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४६ | Colorodo: 09:01

नेपाल एयरलाइन्सको बाइवडी विमान अर्को साता काठमाडौं अवतरण गर्ने

बिआरटीनेपाल २०७५ असार ८ गते ९:४७ मा प्रकाशित

फ्रान्सबाट नेपाल एयरलाइन्सको बाइवडी विमान अर्को साता काठमाडौं अवतरण गर्ने भएको छ ।

राष्ट्रिय ध्वजाबाहक एयरबस ए ३३०–२०० जहाज फ्रान्सको टुलुसबाट सीधा ‘फेरी फ्लाइट’ भरेर विमान काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाल वायु सेवा निगमले जनाएको छ ।

विमानलाई दुई विदेशी पाइलटले उडाएर ल्याउनेछन् । विमान ल्याउन निगम महाप्रवन्धक सुगतरत्न कांशाकारसहितको टोली आइतबार फ्रान्स जान लागेको छ ।

२१ अर्ब ९० करोड रूपैयाँमा बिमान खरिद गर्न लागिएको हो ।

प्रतिक्रिया