अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०७ | Colorodo: 22:22

मूल्यवृद्धि र कालोबजारी रोक्न ध्यानाकर्षण

बिआरटीनेपाल २०७५ असार ८ गते ९:४० मा प्रकाशित

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले मूल्यवृिद्ध र कालो बजारी रोक्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद प्रकाश रसाइली, प्रेम सुवाल, दुर्गा पौडेल र देवप्रसाद तिमिल्सिनाले मूल्यवृद्धिका कारण कालोबजारी पनि बढेकाले यसलाई रोक्नुपर्नेमा जोड दिनुभएको हो । उहाँहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण यस्को प्रभाब विभिन्न क्षेत्रमा पनि परेको र यसै विषयमा सडकमा आवाज उठाउने विद्यार्थी संगठनका मागको सम्बोधन नगरिएकामा आपत्ति पनि जनाउनुभयो ।

सांसद शान्ता चौधरीले कमलरी प्रथाको अझै पनि अत्य हुन नसकेको र अहिले पनि करिब १०० महिला कमलहरीका रुपमा काम गर्न बाध्य भएको र यसै क्रममा ११ वर्षीया अस्मिता थारुको हत्या सम्बन्धी घटनामा छानबिन गर्न आग्रह गर्नुभयो ।

उहाँले आत्महत्या भनिएको सो घटनामा बालिकाको दुबै हातमा खिल गाडिएको र शरीरभर निलडाम भएकाले सो घटना आत्महत्या नभइ हत्या गरिएको आशंका भएकाले छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन गृहमन्त्री समक्ष आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू