अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३२ | Colorodo: 18:47

थाइल्याण्डमा डेंगुबाट २१ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ असार ८ गते ८:५१ मा प्रकाशित

थाइल्याण्डमा यस वर्षमात्रै डेंगुका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । यस वर्षको सुरुदेखि जुन १२ सम्मको तथ्याङ्क अनुसार १९ हजार ८०४ जनालाई डेंगु रोग लागेकोमा २१ जनाको मृत्यु भएको हो ।

वर्षात्को समयमा औसतमा दश हजार जना यसबाट प्रभावित हुने गरेको रोग नियन्त्रण विभागका महानिर्देशकले जानकारी दिनुभयो । प्रभावितमध्ये अधिकांश १० देखि १४ वर्ष उमेर समूहका रहेका पाइएको पनि उहाँले बताउनुभयो । यसलाई नियन्त्रण गर्नका लागि विभागले देशव्यापी अभियान पनि चलाएको छ । अभियान अन्तर्गत घर, विद्यालय, अस्पताल, होटेल, कारखाना, कार्यालय, मन्दिरलगायतका सार्वजनिक स्थल तथा मानिस धेरै बस्ने ठाउँमा लार्भा नष्ट गर्ने गरिएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू