अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५६ | Colorodo: 07:11

सभापतिहरूको प्रश्न : ट्रम्प र किम मिल्न सक्ने हाम्रा नेता मिल्न नसक्ने ?

बिआरटीनेपाल २०७५ असार ७ गते २०:५५ मा प्रकाशित

काँग्रेस जिल्ला सभापतिहरूको प्रश्न

हेटौँडाको राष्ट्रिय भेलामा काँग्रेस जिल्ला सभापतिहरूले नेतृत्वलाई मिल्न बिहीबार पनि दबाब दिए ।

भेलाको दोस्रो दिन बोल्ने सभापतिहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनको सिंगापुर वार्ताको प्रसङ्गसमेत कोट्याउँदै आफ्ना सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई मिल्न दबाब दिए ।

कतिपयले देशका दुई ठुला कम्युनिस्ट शक्ति मिलेको दृष्टान्त दिँदै एकै पार्टीका दुई नेता मिल्न नसकेकोमा आलोचना गरे । अधिकांश सभापतिले ट्रम्प र किमको मिलाप तथा नेपालकै दुई कम्युनिस्ट शक्तिको एकतालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै दुई शीर्ष नेतालाई एक हुन दबाब दिएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू