अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०१ | Colorodo: 04:16

१९७ वैदेशिक रोजगार कम्पनीको इजाजतपत्र खारेज, ६४ रोजगारदाता कम्पनी कालो सूचीमा

बिआरटीनेपाल २०७५ असार ७ गते १०:१० मा प्रकाशित

सरकारले वैदेशिक रोजगारका क्रममा कामदारहरुलाई समस्यामा परेका र नियमित नभएका झण्डै २ सयवटा वैदेशिक रोजगार व्यवसायी कम्पनीको इजाजतपत्र खारेज गरेको छ । वैदेशिक रोजगार विभागले नियमित नभएका, ठगी गरेका, कानुनको उल्लङ्घन गर्ने  १९७ कम्पनीको इजाजतपत्र खारेज गरेको हो । वैदेशिक रोजगारका क्रममा समस्यामा परेका पीडित श्रमिकको उजुरीका आधारमा र कतिपय नियमित नभएका कारण इजाजत रद्द गरिएको विभागले जनाएको छ ।

यस्तै, वैदेशिक रोजगार विभागले नेपालबाट श्रमिक आपूर्ति गर्दै आएका ६४ रोजगारदाता कम्पनीलाई कालो सूचीमा राखेको छ । मलेसिया, साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स (युएई)का ६४ कम्पनीलाई कालो सूचीमा राखिएको हो । विभागका अनुसार कालो सूचीमा पर्नेमध्ये मलेसियाका मलेसियाका ५२ वटा कम्पनी रहेका छन् । यस्तै साउदी अरब पाँचवटा, युएईका चारवटा र कतारका तीन गरी ६४ वटा विदेशी रोजगारदाता कम्पनीलाई कालो सूचीमा राखिएको छ ।

कालो सूचीमा राखिएका रोजगारदाता कम्पनीमा नेपाली श्रमिक पठाउन बन्द गरिएको छ । कालो सूचीमा परेका रोजगारदाता कम्पनीमा स्वचालित श्रम स्वीकृति जारी नहुने प्रक्रिया तय गरिएको छ, कालो सूचीमा परेका कम्पनीबाट रोजगार व्यवसायीले श्रमिकको माग ल्याए पनि श्रम स्वीकृतिमा प्रतिबन्ध गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू