अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०४ | Colorodo: 18:19

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रबासी परिवारका सदस्यहरुलाइ एक अर्काबाट छुट्याउने गरी गर्नुभएको निर्णय फिर्ता

बिआरटीनेपाल २०७५ असार ७ गते ९:३८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आधारकारिक कागजात विनै अमेरिका प्रवेश गर्ने आप्रवासी परिवारका सदस्यहरूलाई एक अर्काबाट छुट्याउने गरी गर्नुभएको निर्णय फिर्ता लिनुभएको छ ।

राष्ट्रपति ट्रम्पले केही दिन अघि अनधिकृत रूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीहरुलाइ थुनामा राखी तीनका बालबच्चाहरूलाई अनाथालयमा राख्ने निर्णय गर्नुभएको थियो । तर सो निर्णयको चौतर्फी विरोध भएपछि ह्वाइट हाउसले निर्णय फिर्ता लिने जनाएको हो । यो निर्णय पछि अब गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीका परिवारलाई सँगै थुनामा राखिने छ । राष्ट्रपति ट्रम्पको निर्णयले मानव अधिकारको उलंङ्घन भएको भन्दै विरोध भएको थियो । अमेरिकी प्रथम महिला मेलेनिया ट्रम्प र राष्ट्रपति ट्रम्पकी छोरी समेतले सो निर्णयको विरोध गर्नु भएको थियो । निर्णयमा हस्ताक्षर गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो निर्णय परिवार छुट्याउनका लागि नआएको बताउनुभयो ।

आफूपनि पारिवारिक बिछोडको पक्षमा नरहेको बताउँदै उहाँले तर आफ्नो प्रशासन गैरकानुनी आप्रवासका मुद्धामा भने कडा रूपमा प्रस्तुत हुने बताउनुभएको छ । गत मे ५ तारिख यता मात्रै अमेरिकामा २२ सय अभिभावकका २३ सय बालबालिकाहरूलाई एकआपसमा अलग गराएर राखिएको अध्यागमनका अधिकारीहरूले जनाएका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू