अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३७ | Colorodo: 08:52

साहित्यिक संस्थामा अराजकता र राजनीति चलखेल गर्नेहरुलाई परास्त पारौँ

बाइ बि गुरुङ्ग २०७५ असार ६ गते २३:३६ मा प्रकाशित

साहित्य समाजको दर्पण हो भने पत्रकार समाजको ऐना हो । भाषागत रूपमा फरक देखिएता पनि यसका आ—आफ्नै महत्त्व र विम्बहरू छन्् फरक यति हो हरेक साहित्यकार पत्रकार बन्न सक्छ तर सबै पत्रकार साहित्यकार बन्न सक्दैनन् ।

साहित्यलाई पेसा बनाउने देखी अझ भाषिकताका आधारमा भन्नु पर्दा साहित्यमा जीवन गुजारा गर्ने साहित्यकार र पत्रकारितामा जीवन गुजार गर्ने श्रमजीवी पत्रकारहरूको दैनिक जीवन बाहिरी दुनियाँले देखे जस्तो हुँदैन र छैन यही हो फरकता नेपाली समाज भित्र यो दुई पेसालाई अङ्गालेर जीवनको गोरेटोमा आफूलाई व्यतित गरेका कयौँ साहित्यकारहरू छन् भने कयौँ पत्रकारहरू पनि छन् जसले दुई छाक टार्न र एक सरो लाउनमा धौ धौ हुने अवस्थाबाट जीवनको अनुभूतिहरू व्यग्रतापूर्वक बाँचिरहेका छन् भने अर्को तर्फ साहित्यकार र पत्रकारको नाम जपेर आफूलाई बौद्धिक साहित्यिक व्यक्त्वि र स्वतन्त्र पत्रकारको उपमा स्वयम् आफै दिनेहरूको सङ्ख्या पछिल्लो काल खण्डमा एक भाईरल सरह बढदो छ ।

यसर्थ यस्ता भाईरल र अराजक मानसिकताबाट ग्रसित केही व्यक्तिहरू आज भोलि पवित्र साहित्यिक संस्थामा होस या पत्रकारहरूको संस्थामा हाबी हुन उद्दत्त देखिन्छ साहित्यिक व्यक्तिहरूले यस तर्फ बेलैमा ध्यान दिनु जरुरी छ ।

साब्दिक अर्थ र शब्दको प्रयोगलाई खेलाउँदै साहित्य र पत्रकारिताको पवित्र संस्थामा अराजक शब्दावलीहरुको प्रयोग र व्यक्ति स्वयम् आफू हाबी हुनका लागि अपनाउन खोज्ने अनेक हथकण्डाहरु साहित्यिक संस्थाको विकास,प्रबर्धन र संरक्षणका बाधक हुन ।

यस्ता किसिमका अराजक मानसिकता र राजनीतिक प्रवाहले संस्थामा हाबी हुन खोज्नु आजको परिवर्तित समयमा सम्भव छैन त्यसैले कोही कसैले पनि यस्ता हर्कत गर्छु भनेर सोच्नु भनेको आफै पत्तासाफ हुनु हो ।

अनेसासको यति लामो इतिहासमा सायदै पहिलो पटक होला यसरी केन्द्रीय अधिवेशनका वेलामा सार्वजनिक बहस भएको यो एक अर्थमा सकारात्मक हो तर संस्थाका करिब १ हजार ५ सय भन्दा बढी आजीवन सदस्यहरू रहेको यस बृहत् गौरवशाली संस्थाको सुद्दिकरण, संस्थागत विकास, नेपाली भाषा, साहित्यको विकास र यसको प्रबर्धन, संरक्षण नै यस संस्थाको प्रमुख चुनौती हो अबको अनेसास २६ वर्ष अगाडीको अनेसास होइन यो जवान भई सकेको छ भने उत्तिकै जिम्मेवार पनि बन्दै गएको छ यसर्थ अबको यो जवान अनेसासको भाग्य निर्देश गर्ने काम अवश्य नै अग्रज अभिवाकहरुबाट हुनु पर्छ भने यो जवान अनेसासले आफ्नो अग्रजहरूको विरासतलाई आत्मसाथ गर्दै सुधारात्मक र परिवर्तित समय सापेक्षता अनुरूप कुदनु पर्दछ जस्का लागि युुवाहरुले आफ्नो व्यक्तिकै क्षमताका साथ साथै अन्तर्राष्ट्रिय परिवेश अनुरूप संस्थालाई अगाडी बढाउनु आजको अवश्यक्ता हो ।

अनेसासले निर्वाचन समिति तोकि सकेको छ भने उक्त समितिले आफ्नो काम द्रुत गतिमा गर्दै छ ।आगामी दुई वर्षे कार्यकाल (२०१८/२०२०)का लागि निर्वाचनको मिति पति तोकि सकेको अवस्थामा अनेसासका केही स्टेकहोल्डर्सहरुले आफ््नो उम्मेद्धवारीको दाबी गरिसकेका छन् यो एउटा प्रजातान्त्रिक पद्धति हो यसमा कसैले औला उठाउनु आवश्यक भएन र हुँदैन पनि ।

यसरी आगामी अनेसासको अध्यक्षका लागि विगतमा २—२ पटक वरिष्ठ उपाध्यक्ष बनेका राधेश्याम लेकाली र विगतमा ४ वर्ष महासचिवको कार्यभार सम्हालेका गोवर्धन पूजा द्धयले नेत्रुत्वको दाबी गरेको अवस्था छ भने कतिपय साहित्यिक विचौलियाहरुले र अराजक मानसिकता भएका केही व्यक्तिहरूले उपाध्यक्ष र महासचिवको नेत्रुत्वको चाहनालाई दुई धारमा विभक्त गर्न तल्लीन रहेका छन् जून अनेसासको लागि हानिकारक त हो नै तर स्वयम् ती विचौलियाहरुले आफूले चाहेको पदमा सहयोग गर्ने भए आफूले पनि सहयोग गर्छु भन्दै आन्तरिक रूपमा पदको वार्गेनिङ्ग गर्दै आएका छन् यसर्थ यस्तो विचौलिया र अराजक मानसिकता भएका व्यक्तिहरू अनेसास जस्तो पवित्र संस्थामा सियो बनेर छिर्ने हात्ती बनेर निस्कने छुद्र प्रवृत्ति भएका व्यक्ति र झुन्डहरूबाट अनेसासको गौरवशाली साख जोगाउनु आजको प्रमुख मुद्दा बनेको छ र यस तर्फ अनेसासका सम्पूर्ण आजीवन सदस्यहरू तथा साहित्यानुरागीहरुले वेलैमा ध्यान दिनु आवश्यक छ ।

हिजो दुई कार्यकालसँगै काम गरेका दुवै जना दिग्गज साहित्यकारहरू जो कोही पनि संस्थाको नेत्रुत्व लिन सक्ने क्षमतावान व्यक्तिहरू हुन यसमा कुनै द्धिविधा छैन तर निर्वाचन विधानतः प्रक्रिया हो भने निर्वाचन भन्दा माथि सहमति र सहकार्य नै हो जसले संस्थाको गरिमा र आउने नयाँ पिँढीलाई मार्गदर्शन समेत हुने छ । संस्थाका लागि अव के गर्नु पर्छ भन्ने कुरा दुवैजनालाई राम्रो सँग अवगत छ नै यसका बारेमा छुट्टै लेखौँला तर दुवै जना उपाध्यक्ष र महासचिवको उम्मद्धवारीको चाहना सँगै दुवै नेत्रुत्वलाई आफ्नो बसमा पार्न उद्दत्त केही उरण्ठ््यौला र विचौलियाहरु सँग होसियार हुनु आवश्यक छ दुवै उम्मेद्धवारहरु ।

यसर्थ संस्थागत विकास विरोधी र व्यक्तिगत स्वार्थमा लिप्त साहित्यकारहरू यत्र तत्र छन् साहित्यको नाममा यी विचौलियाहरु सँग कुनै पनि किसिमको सौदावाजी गरेर यदि नेत्रुत्व हासिल गर्छु भनेर कसैले पनि सोचेको छ भने यसको परिणाम भयानक हुने छ त्यसैले आपसी सहमति र सहकार्य गर्दै अनेसासको बृहत्तिर विकास र प्रबर्धनमा सदैव अगाडी बढ्न नेत्रुत्वद्धयलाई विनम्रतापूर्वक अनुरोध छ र सम्पूर्ण आजीवन सदस्यहरूलाई यसतर्फ ध्यान दिई आफ्नो निर्णय गर्न पनि अनुरोध गर्दछु ।

अनेसासको साख

तपाईँ हाम्रो साथ ।

# लेखक अनेसास,पोर्चुगलका अध्यक्ष हुन ।

प्रतिक्रिया