अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५१ | Colorodo: 01:06

आप्रवासी बालबालिकालाई छुट्याउने ट्रम्प नीतिको विश्वभर आलोचना

बिआरटीनेपाल २०७५ असार ६ गते २०:४६ मा प्रकाशित

वासिङ्टन– अमेरिकी सीमामा आप्रवासी परिवारलाई छुट्याउने अमेरिकी नीतिविरुद्ध विश्वभरबाट आलोचना बढिरहेको छ।नागरिक दैनिकबाट

आप्रवासी बालबालिकालाई उनीहरुका आमाबाबुबाट छुट्याउने अमेरिकी नीति अत्यन्तै गलत भएको बेलायती प्रधानमन्त्री थेरेसा मेलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । उनले अमेरिकी नीतिका कारण बालबालिका पिँजडा रूपी जीवन बिताउन बाध्य हुने र त्यो अत्यन्तै कारुणिक हुने बताइन्।

अमेरिकी नीतिको पप फ्रान्सिसले पनि विरोध गरेका छन् । उनले अमेरिकी धर्मगुरुहरुको भनाइमा समर्थन गर्दै आप्रवासी बालबालिकालाई उनीहरुका परिवारबाट छुट्याउनु अनैतिक भएको बताएका छन्।

आप्रवासीका बालबालिकालाई अमेरिकी सीमाबाटै उनीहरुका परिवारबाट छुट्याउने अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो निर्णय परिवर्तन गराउन रिपब्लिकनको नियन्त्रण रहेको अमेरिकी कंग्रेसलाई दबाब बढिरहेको बिबिसीले जनाएको छ । विश्वभर र देशमै पनि अमेरिकी नीतिको विरोध भएपछि रिपब्लिकनहरुले आप्रवासीका लागि नयाँ विधेयक ल्याउने तयारी गरिरहेको बिबिसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू