अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०२ | Colorodo: 13:17

कोलम्बियाका मिडफिल्डर कार्लोस सान्चेज विश्वकप २०१८ मा रातोकार्ड पाउने पहिलो खेलाडी बनेका छन्

बिआरटीनेपाल २०७५ असार ६ गते ९:५५ मा प्रकाशित

कोलम्बियाका मिडफिल्डर कार्लोस सान्चेज मंगलबारको फिफा विश्वकप २०१८ मा रातोकार्ड पाउने पहिलो खेलाडी बनेका छन ।

साँन्चेले जापान बिरुद्ध गु्रप एचको यस खेलको तेस्रो मिनेटमा शिन्जी कगावाले हानेको बल हातले रोक्दा रेफ्रिले तुरुन्त उनलाई रातोकार्ड दिएका थिए । जसकारण कोलम्बियाले शुरुदेखीनै दश खेलाडीको साहारामा खेल खेल्नु परेको थियो ।

यो फिफा विश्वकपको इतिहाँसमा खेलको समयमा सबभन्दाकम समयमा रातो कार्ड देखाउने दोश्रो रेकर्ड नै हो । सबभन्दा कम समयमा रातो कार्ड पाउने रेकर्ड उरुग्वेका खेलाडी जोस अल्बर्टाे बाटिस्टाको नाममा छ । उनले १९८६ को विश्वकपमा स्कटल्याण्डको बिरुद्ध खेलमा हातले गोलगर्दा ५४ सेकेन्डमा रेडकार्ड पाएका थिए ।

हिजोको खेलमा साँँन्चेजले हातले बल रोक्दा जापानले पेनाल्टी पाएको थियो जसलाई जापानी स्टाइकर जिसे कगावाले गोलगर्नमा कुनै गल्ति गरेनन् ।

खेलको ३९ मिनेटमा जुवान क्विनटेरोले गोलगर्दे आफ्नो टिमलाई बराबरीमा ल्याएका थिए । उनले गोल फर्काएपछि कोलम्बियाका दर्शकहरु केहि निरास देखिएका थिए । मध्यान्तर सम्म १–१ को बराबरी रहेपनि खेलको ७३ औं मिनेटमा जापानका ओसाकोले हेडरको साहायताबाट कोलम्बियाको बिरुद्ध दोश्र्रो गोलगरेका थिए ।

प्रतिक्रिया