अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१८ | Colorodo: 16:33

अस्टिन, टेक्सासमा नेपाली पाठशाला आउँदो आइतबारबाट

बिआरटीनेपाल २०७५ असार ५ गते ८:०७ मा प्रकाशित

ग्रेटर अस्टिन नेपाली सोसाइटीद्वारा सञ्चालित नेपाली पाठशालाको समर कक्षा आउँदो आइतबारबाट सुरु हुँदैछ । उक्त कुराको जानकारी संस्थाका अध्यक्ष देबराज न्यौपानेले बिआरटी नेपाललाई दिएका हुन । उक्त पहिलो दिनको उद्घाटनमा सम्पूर्ण विद्यार्थी तथा अविभावकहरुलाई उपस्थित हुन अनुरोध गरेको छ ।

कक्षाको तालिका अनुसार पहिलो कक्षा जुन १७ आइतबार र त्यसपछि लगातार १० वटा कक्षाहरू अगस्त १९ सम्म दिनको ३ देखि ५ बजेसम्म हुनेछ । कक्षा निःशुल्क हुनेछ । साना १० वर्ष मुनीकालाई र माथिकालाई अलक अलग २ वटा कक्षाहरू सञ्चालन हुनेछन् ।

स्थान:
Wells Branch MUD Recreation Center,
3000 Shoreline Dr, Austin, TX 78728

प्रतिक्रिया