अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१४ | Colorodo: 00:29

एनआरएन अमेरिकाको साधारण सभा विभिन्न निर्णय गर्दै सम्पन्न

बिआरटीनेपाल २०७५ असार ५ गते ७:३६ मा प्रकाशित

स्यान फ्रान्सिस्को, गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् ( एनआरएन ) अमेरिकाको सातौँ वार्षिक साधारण सभा विभिन्न निर्णयहरू गर्दै सम्पन्न भएको छ। हिजो, आइतबार, कालिफोर्निया राज्यको स्यान फ्रान्सिस्को सहरमा सम्पन्न सभाले बितेको एक वर्षमा संस्थाले गरेका कार्यहरू समीक्षा गर्दै आगामी एक वर्षका लागी आफ्ना योजना सार्वजनिक गरेको हो। 

एनआरएन अमेरिकाका महासचिव बिआर लामाले प्रस्तुत गरेको कार्यपत्र, संस्थाका कोषाध्यक्ष डाक्टर प्रकाश अर्यालले प्रस्तुत गरेको आर्थिक विवरण लागएतका अन्य समिति तथा उपसमितिका कार्यपत्र तथा प्रगति विवरण माथि छलफल तथा समीक्षा गर्दै साधारण सभाले केही परिमार्जन सहित प्रस्तुत सबै कार्यपत्रहरूलाई स्वीकार गरेको हो।

अर्को वर्ष हुने संस्थाको निर्वाचनका लागी एक पाँच सदस्यीय निर्वाचन समितिको गठन समेत साधारण सभाले गरेको छ। विश्व बराल प्रमुख निर्वाचन आयुक्त रहेको सो समितिमा वासु फुलारा, हेमराज भट्ट, कुलमणि आचार्य र खड्ग उप्रेती सदस्य रहेका छन्।

यसै गरी संस्थाको आर्थिक विवरणलाई पारदर्शी राख्न मौजुदा ‘आर्थिक अनुगमन समिति’लाई नै ‘आन्तरिक लेखा परीक्षण समिति’ का रूपमा रूपान्तरण गर्ने निर्णय साधारण सभाबाट भएको जानकारी एनआरएन अमेरिकाका सञ्चार संयोजक बाल जोशीले दिनु भएको छ। संयोजक जोशीका अनुसार साधारण सभाले एक ‘कानुनी सल्लाहकार समिति’ गठन गर्नुका साथै संस्थाको विधानमा पनि केही परिमार्जनहरू गरेको छ।

मोर फोटोको लागि यहाँ थिच्नु होला । 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू