अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५४ | Colorodo: 10:09

अमेरिका नेपाल सहयोगी समाजद्वारा सक्रिय तथा आजीवन सदस्यलाई बनभोज कार्यक्रममा सम्मान

विजय थापा २०७५ असार ५ गते ७:०४ मा प्रकाशित

अमेरिका कै अत्यधिक क्रियाशील नेपाली संस्थाहरू मध्ये कै डिसी महाननगर क्षेत्रमा स्थापित अमेरिका नेपाल सहयोगी समाजद्वारा सक्रिय तथा आजीवन सदस्यलाई सम्मान गर्ने उद्धेश्यले बनभोज कार्यक्रममा सम्मान गरेको छ । 

सार्वजनिक रूपमा सबैलाई आव्हान नगरिएको उक्त बनभोज कार्यक्रम अमेरिकाको पिताको मुख हेर्ने शुभ साइत राखिएको थियो । बिहान देखि नै बनभोजको कार्यक्रममा चहल पहल रहेको थियो भने विशेष गरी दोस्रो पुस्ताका बालबालिकाहरूलाई विशेष प्राथमिकता दिई सहभागिता गराइएको थियो ।

सन् २००८ मा स्थापना भएको संस्था १० वर्ष पुगेको अवसरमा सम्मान कार्यक्रम को आयोजना गरिएको संस्थाकी अध्यक्ष कमला खरेलले बताइन । उक्त सम्मान कार्यक्रममा संस्थालाई सहयोग गर्ने व्यक्ति, सक्रिय सदस्य तथा आजीवन सदस्यहरूलाई बनभोज कार्यक्रमकै बिच संस्थाले बनाएको भित्ते पात्रो तथा मग प्रदान गरिएको थियो । 

एकल व्यक्ति लाई एउटा मग दिनु को साथै भित्ते पात्रो दिइएको थियो । जोडीलाई दुई वटा कप दिई सम्मान गरिएको थियो । संस्थाले नेपालमा प्रकाशित भित्ते पात्रोमा संस्थाले वार्षिक आफ्ना कार्यक्रम समेत छापेको छ ।

सबैलाई जानकारी होस् भन्ने हेतुले सबै अग्रिम रूपमा प्रकाशित गरिएको अध्यक्ष कमला खरेलले बताइन । उनले अगाडी भनिन, संस्थालाई सहयोग गर्ने व्यक्ति, सक्रिय सदस्य तथा आजीवन सदस्यहरूलाई मात्र भनेर कप, भित्ते पात्रो ल्याएकोले अरूलाई बोलाउँदा र उक्त नपाउँदा अर्को अर्थ लाग्ने र नराम्रो लाग्ने हुनाले उनीहरूलाई मात्र बोलाइएको बताइन । 

साथै अमेरिकाको भ्रमणमा रहेका भजन शिरोमणि भक्तराज आचार्यका छोराहरू सत्य स्वरूप राज आचार्यहरू पनि डिसी महानगर क्षेत्र मै रहेकोले बनभोजमा सरिक भएका थिए । स्वयम् सेवक रूपमा नेपाली समुदाय सदस्य र संस्थाका पदाधिकारीहरूले बिहान देखि खटेका थिए ।

राम्रो बनभोज स्थल रहेकोले हजुरबुवा, हजुरआमा, बालबालिका तथा सबै उमेरहरूको सहभागिता रहेको थियो । बनभोजमा, खाजा, सेकुवा, मकै पोलेको, खर्बुजा, विभिन्न परिकारका खाना साथै अमेरिका नेपाल शिक्षा सदनका बिधार्थीहरुले अतिरिक्त क्रियाकलाप गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू