अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२० | Colorodo: 09:35

५५० करोडको लगानीमा ‘२.0’ बन्ने

बिआरटीनेपाल २०७५ असार ४ गते १०:४४ मा प्रकाशित

रजनीकान्त र अक्षय कुमारको फिल्म ‘२.०’ को बजेट दिनानु दिन बढदै गईरहेको छ । पहिले फिल्म ४५० करोडको लागतमा बनिरहेको थियो तर खवर अनुसार अब यो फिल्मको बजेट १०० करोड थप गरेर ५५० करोडको बिशाल लागतमा बन्ने भएको छ ।

२०१९ को सुरुवातमा रिलीजको तयारी रहेको यो फिल्मको अहिले वीएफएक्सको काम चलिरहेको छ । फिल्म ०.२ बाट अक्षय कुमारले दक्षिण भारतिय फिल्ममा पाईला राख्दै छन ।  रजनीकान्त र ठूलो बजेटको फिल्मबाट अक्षय कुमारलाई दक्षिण भारतमा कतिको फलिफाप हुन्छ त्यो त फिल्म प्रर्दशनपछि मात्र थाहा हुनेछ ।

रजनीकान्त र अक्षय कुमारसंग अभिनयमा एमी ज्याकसनले मुख्य भुमिकाको साथ दिएकी छन । रोबोट २ को आधारमा बनिरहेको यो फिल्ममा आर रहमानले संगीत भरेका छन ।

चिनमा पनि फिल्मको प्रदर्शन गर्ने कार्यक्रम रहेको योे फिल्म तमिल, तेलुगु र हिन्दी भाषामापनि प्रर्दशनमा आउने छ । फिल्मले बाहुबलि २ को भन्दाबढि ब्यापारगर्ने आशा गरिएको छ । एजेन्सी

प्रतिक्रिया