अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४५ | Colorodo: 11:00

नेपाली फिल्म वीराङ्गनामाको ट्रेलर सार्वजनिक

बिआरटीनेपाल २०७५ असार ३ गते ९:५३ मा प्रकाशित

काठमाडौँ । एक्शनमा प्रतिक्षित भनिएको फिल्म वीराङ्गनाको ट्रेलर आइतबार सार्वजनिक गरिएको छ । सामाजिक सञ्जाल साईराम पिक्चर्सको युट्युब च्यानलबाट निर्माण पक्षले फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । यही असार मसान्त अर्थात् २९ गतेबाट रिलिज हुन लागेको फिल्मले पोष्टर र दुई गीत सार्वजनिक गरिसकेको छ ।

फिल्मको सार्वजनिक ट्रेलरमा मुख्य कलाकारहरू शिल्पा पोखरेल, अनुप विक्रम शाही, पृथ्वी राज प्रसाई देखी घोडा र बाँदर सम्म फिचरिङ गरिएको छ । फिल्मको ट्रेलरमै प्रज्वल गिरी, सुशील पोखरेल, ध्रुव कोइराला, प्रिया रिजाल लगायतलाई पनि देख्न सकिन्छ ।

महिला सशस्त्र प्रहरीको वीरतामा आधारित फिल्म वीराङ्गना लभस्टोरी एक्शन जनरामा निर्माण गरिएको फिल्म हो । राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म वीराङ्गना फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् । वीराङ्गनामा सुमी चाम्लिङ राई सह निर्माता रहेकी छिन् । फिल्ममा धिरेन शाक्य, कृष्ण शिवाकोटी, देव तामाङ, अंश थापा, अमृत सापकोटा लगायतको पनि अभिनय रहेको छ ।

फिल्ममा दीपक शर्मा र पुरुषोत्तम न्यौपानेको सङ्गीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्धन्द निर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छायाङ्कन रहेको छ । फिल्मलाई काठमाडौँमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौँ बाहिर एफडि कम्पनीले वितरण गर्ने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू