अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२५ | Colorodo: 03:40

चीन सरकारको सहयोगमा संञ्चालित कार्यक्रम तथा परियोजना कार्यान्वयनमा सहजिकरण गर्न छुट्टै ईकाई गठन गरिने

बिआरटीनेपाल २०७५ असार ३ गते ९:१९ मा प्रकाशित

मन्त्रीपरिषद् बैठकले नेपालको परराष्ट्र मन्त्रालय र चीनको परराष्ट्र मन्त्रालय वीच नेपालमा चीन सरकारको सहयोगमा संञ्चालित कार्यक्रम तथा परियोजना कार्यान्वयनमा सहजिकरण गर्ने सम्बन्धि समझदारी पत्रको मस्यौदा स्विकृत गर्नुका साथै समझदारी पत्रमा हस्ताक्षर गर्न स्विकृति प्रदान गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रीपरिषद् बैठकले लेखा परिक्षण विधेयकलाई संधीय संसदमा पेश गर्न स्विकृति प्रदान गर्ने र सूचना प्रविधि तथा सार्वजनिक सेवा प्रशारक सम्बन्धमा नयाँ विधेयक तर्जुमा गर्न सैध्दान्तिक सहमति दिने निर्णय गरेको सरकारका प्रबक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकूल बास्कोटाले जानकारी दिनु भयो।

खानेपानी बोर्डको सदस्य संख्या १९ बाट ९मा झार्ने निर्णय आजको मन्त्रीपरिषद् बैठकले गरेको छ।

यसै गरी शिक्षा, विज्ञान तथा प्रविधि ,वाणिज्य तथा आपूर्ती र  राजश्व अनुसन्धान विभागको संगठन सरचना स्विकृत गर्ने निर्णय समेत आजको मन्त्रीपरिषद् बैठकले गरेको छ।।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू