अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३३ | Colorodo: 17:48

मन्त्रीहरु अनुपस्थित भएपछि प्रतिनिधि सभाको वैठक स्थगित

बिआरटीनेपाल २०७५ असार ३ गते ९:१३ मा प्रकाशित

प्रतिनिधिसभामा वनियोजन शिर्षकमाथि छलफल भइरहँदा सम्वन्धित मन्त्रीहरु उपस्थित नभएपछि वैठक स्थगित भएको छ।

सम्वन्धित मन्त्रीहरु विना विनियोजन शिर्षकमा छलफल हुन नसक्ने भनी प्रतिपक्षि दलका सांसदहरुले विरोध गरेपछि वैठक १५ मिनेटको लागि स्थगित भएको हो ।

चारै जना मन्त्री संसद वैठकमा अनुपस्थित भएपछि सामान्य प्रशासन तथा संघिय मामिला, वन तथा वातावरण, शहरी विकास र महिलावालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफल रोकिएको छ ।

त्यसअघि सुन्य समयमा वोल्दै सांसदहरुले सरकारले गरेको मुल्यवृद्धिको विरोधमा उत्रिएका नेविसंघका विद्यार्थीहरुलाइ प्रहरीले कुटपिड गरेको प्रति प्रतिपक्षिदलका सासदहरुले सरकारको ध्यानकर्षण गराएका थिए । मुल्यवृद्धि विरुद्ध प्रदर्शनीमा भाग लिएर सुर्खेत कार्यलयमा वसिरहेको वेला प्रहरीले कार्यालयमा तोडोफोड गरी प्रहरीले कुटपिट गरेकोमा आप्पती प्रकट गर्नु भयो ।

वैठकमा सांसदहरुले प्रधानमन्त्रीको चिन भ्रमण तय भइसकेपनि त्यस वारे संसदलाइ जानकारी अझै नगराइएको भन्दै के के कार्यक्रम तय भएको छ जानकारी गराउन माग गर्नु भयो ।

सांसदहरुले दार्चुलाको तिंकर नाका र गोर्खाको नाक्चे नाङ्ला नाका पनि खोल्न माग गर्दै सवारी लाइसेन्समा हुने आर्थिक चलखेल रोक्न सरकारसँग माग गर्नु भयो ।

दुधमा सोडा मिसाएर वालवालिकाको स्वास्थ्यमा खेलवाड गर्दा पनि सरकारले त्यस्ता व्यापारिलाइ कार्वाही नगरेको, शेयरवजारमा साना र मझौला लगानीकर्ता टाँट पल्टिन लाग्दा पनि सरकार मौन भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधिसभा संचालन नियमावली ५६ को व्यवस्था अनुसार सार्वजनिक महत्वका विषयमा सांसदहरुले सिधा सवाल जवाफ गर्ने कार्यक्रम शुरु गर्न प्रतिपक्षि दलका सांसदहरुले माग गर्नु भयो ।

नियमावली कार्यन्वयन नभएको भन्दै सांसदहरुले आप्पती प्रकट गरेपछि सभामुखले कार्यव्यवस्था परामर्स समितिको वैठक पछि कार्यक्रम अगाडि वढाइने जानकारी दिनु भयो ।

वैठक स्थगित हुनु अघि महिला वालवालिका तथा जेष्ठ नागरिक, सामान्य प्रशासन तथा संघिय मामिला, शहरी विकास र वन तथा वातावरण मन्त्रालयका विनियोजन शिर्षकमाथि छलफल जारी थियो ।

छलफलमा भाग लिदै प्रतिपक्षिदलका ६ जना सांसदहरुले ती मन्त्रालय अन्तर्गतका विभिन्न शिर्षकमा खर्च कटौतीको प्रस्ताव राख्दै सरकारको ध्यानकर्षण गराउनु भएको थियो । छलफलमा भाग लिदै सांसदहरुले वुढावढी र वालवालिकाले तोकिएको सुविधा नपाएको, मन्त्री र पावरवाला सांसदहरुले मात्र वजेट आफ्नो क्षेत्रमा हाल्दा अन्य क्षेत्रमा वजेट विनियोजन हुन नसकेको भन्दै सात्ता पक्षकै सांसदहरुले आप्पती प्रकट गर्नु भएको थियो ।।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू