अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४१ | Colorodo: 00:56

अनमोल केसी र प्रदिप खड्कालाई टक्कर दिन आउँदै नव नायक दिवस धिताल

सुर्य चन्द, काठमाडौँ २०७५ असार ३ गते ९:०९ मा प्रकाशित

काठमाडौँ, नेपाली चलचित्र क्षेत्रमा नायक नायिका देखि कलाकार बन्नेहरु तथा आफूलाई यस क्षेत्रमा स्थापित गराउन लागि पर्नेको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । नेपाली सिने क्षेत्रमा पछिलू समय सम्भावना बोकेर उदाएका नायक हुन दिवस धिताल । अहिले चलचित्र क्षेत्रमा नायक दिवस धिताललाई स्टार नायकहरू अनमोल केसी र प्रदिप खड्काको प्रतिस्प्रधीको रूपमा हेर्न थालिएको छ ।

धेरै लामो सङ्घर्ष अनि मेहनत पछि चलचित्र क्षेत्रमा प्रवेश गरेका नव नायक दिवस धिताल मिष्टर फ्रेसर सन २०१५ र सन २०१६ को नेपाल फेस अफ द ईयरका विजेता समेत हुन । दर्जनौँ म्युजिक भिडियो, २ चलचित्र (हिटलर र यो माया कस्तो माया) मा अभिनय गरिसकेका चक्लेटि नायक दिवसले दर्जनौँ सौन्दर्य प्रतियोगितामा कोरियोग्राफी समेत गरिसकेका छन् । ब्युटी पेजेन्ट तथा फेसन सोहरूको सफल आयोजना देखि यस्ता प्रतियोगिताहरूमा मोटिभेसन क्लासहरू समेत दिँदै आएका नव नायक दिवस धिताल अग्लो कद, हसिलो मुहार, चक्लेटी अनुहार भएका छन् भने नृत्य र अभिनय समेत पोख्त छन् । विभिन्न थिएटरहरूमा अभिनयको समेत प्रशिक्षण लिएका नायक दिवस थिएटर नाटकहरूमा समेत सक्रिय छन् ।

पछिल्लो समय विभिन्न म्युजिक भिडियो, चलचित्र तथा सौन्दर्य प्रतियोगितामा व्यस्त बन्दै आएका आएका नायक दिवस छोटो समयमानै आफ्नो चक्लेटि अनुहार तथा कुशल अभिनयको कारणले गर्दा लाखौँ दर्शक श्रोताहरूको मन जित्न सफल भएका छन् भने दिनानुदिन लाखौँ युवाहरूको रोजाइमा पर्दै गएका छन् । भविष्यमा चर्चित नायक बनेर नेपाली चलचित्र तथा सिने नगरीमा आफूलाई स्थापित गराउने उदेश्यका साथ अघि बढेका नव नायक दिवस आफूलाई समय अनुसार बदल्दै दर्शक श्रोताहरूको माग अनुसार आफ्नो कलाकारितालार्इ पनि उत्कृष्ट बनाउने सोच लिएर सिने जगतमा प्रवेश गरेका हुन ।

नायक दिवस अभिनेता पछिल्लो चलचित्र “यो माया कस्तो माया ” अहिले प्रदर्शनको पर्खाइमा छ ।गत साता मात्र यो चलचित्रको पहिलो गीत राजधानीमा एक कार्यक्रम बिच भव्य रूपले सार्वजनिक गरिएको थियो । यस चलचित्र “यो माया कस्तो माया ” बाट चलचित्र क्षेत्रमा फड्को मार्ने सोच लिएका नायक दिवस धितालको दर्शकहरू बाट मात्र नभएर चलचित्र क्षेत्रका हस्तीहरू बाट समेत प्रशंसा हुन थालेको छ l उनको अभिनय, चक्लेटि अनुहारको चौतर्फी तारिफ हुँदै गएको छ भने सिने नगरीमा उनको माग समेत बढ्दै गएको छ l

एपेक्स कलेजमा बि बि ए अध्ययनरत नायक दिवस धिताल आकर्षण सुन्दर चक्लेटि अनुहार, हाँसिरहने, शालीन स्वभावको, मिलनसार व्यक्तित्वका धनी छन् ।

प्रतिक्रिया