अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०१ | Colorodo: 18:16

स्मार्ट समाजका लागि दिगो विकास लक्ष्य भन्ने नाराका साथ १८ औं सूचना तथा संचार प्रविधि सम्मेलन काठमाडौंमा शुरु

बिआरटीनेपाल २०७५ असार ३ गते ९:०८ मा प्रकाशित

स्मार्ट समाजका लागि दिगो विकास लक्ष्य भन्ने नाराका साथ १८ औं सूचना तथा संचार प्रविधि सम्मेलन काठमाडौंमा शुरु भएको छ । दुई दिने सम्मेलनको सूचना तथा संचार प्रविधि मन्त्री गोकुल वास्कोटाले आज उद्घाटन गर्नुभएको हो ।

सम्मेलनमा संचार मन्त्री वास्कोटाले  सूचना र प्रविधिको प्रयोगका माध्यमबाट सम्वृद्धि हासिल गर्ने सरकारको लक्ष्य रहेको बताउनु भयो । नेपालका १ सय ५० वटा गाउँपालिकामा इन्टरनेटको अभावमा अझै पनि बैंकिङ प्रणाली शुरु नभएको बताउँनु भयो । यसै गरी २९ हजार सामुदायिक विद्यालय मध्ये केवल ८ हजारमा मात्रै इन्टरनेटको पहुँच पुगेको बताउँदै सरकारको लक्ष्य सबै क्षेत्रमा सूचना प्रविधिको पहुँच पुर्‍याउने रहेको बताउनु भयो ।

दुई दिने सम्मेलनमा तीन सय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागिता रहनेछ । 

प्रतिक्रिया