अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०६ | Colorodo: 14:21

रसियामा जारी विश्व कप फुटबल २०१८

बिआरटीनेपाल २०७५ असार ३ गते ८:५३ मा प्रकाशित

रसियामा जारी विश्वकप फुटबलमा फ्रान्सले पल पोग्वाले खेलको अन्त्यतिर गरेको गोल मार्फत अष्ट्रेलियालाइ १ का विरुद्ध २ गोलले पराजित गरी विजयी सुरुवात गरेको छ । विश्वकप फुटबलको इतिहासमा यी दुई टिम बिच भएको खेलमा पहिलो पटक भिडियो असिस्टेन्ट रेफ्री भी ए आर को प्रयोग गरिएको थियो । 

फ्रान्सका एन्टोनी ग्रिजम्यान डी बक्समा लडेपछि सुरुमा रेफ्रीले पेनाल्टी दिएका थिएन । तर भी ए आरको प्रयोग पछि पाएको पेनाल्टालाइ ग्रिजम्यानले गोलमा परिणत गरेका थिए । ५८ औँ मिनेटमा ग्रिजम्यानले गरेको यो गोल विश्वकपको इतिहासमा पहिलो पटक भी ए आर मार्फत भएको गोल हो ।

फ्रान्सको यो गोल लगत्तै स्यामुएलले डी बक्सभित्र हातले बल छोए पछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै अष्ट्रेलियाले खेल बराबरीमा ल्यायो । खेल बराबरी तर्फ उन्मुख रहेको बेला पोग्वाले निर्णायक गोल गरी फ्रान्सलाइ ३ अङ्क दिलाए । समूह सी अन्तर्गत भएको अर्को खेलमा डेनमार्कले पेरुलाई शून्यका विरुद्ध १ गोलले हराई विजयी सुरुवात गर्‍यो । युसुफ पाउल्सनले ५९ औँ मिनेटमा गरेको गोल निर्णायक भयो । यसअघि पेरुले भएआर मार्फत पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न सकेको थिएन ।

यता समूह डिमा गत सालको उप विजेता अर्जेन्टिनालाइ आइसल्याण्डले १-१ गोलको बराबरीमा रोक्यो । दुवै टिम १-१ गोलको बराबरीमा रहेको बेला लियोनेल मेसीले पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन् । खेलका सर्जियो अग्युरोले अर्जिन्टिनालाइ १९ औँ मिनेटमा अग्रता दिलाएका थिए । तर अलफ्रेड फिनबोगाशनले २३ औँ मिनेटमा बराबरी गोल गरेका थिए ।

विश्वकपमा फिनबोगाशनले गरेको यो गोल आइसल्याण्डको हालसम्मकै पहिलो हो । बराबरी पछि दुवै टिमले १-१ अङ्क बाँडेका छन् । समूह डिको आफ्नो पहिलो खेलमा क्रोएसियाले नाइजेरियालाइ शून्यका विरुद्ध २ गोलले हराई विजयी सुरुवात गर्‍यो । क्रोएसियाले पहिलो गोल उपहार स्वरूप पाएको थियो । नाइजेरियाका ओहिन्कारो इटिबोले ३२ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । दोस्रो गोल क्राएसियाले ७१ औँ मिनेटमा लुका मोर्डिकले पेनाल्टी मार्फत गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू