अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५७ | Colorodo: 23:12

युवा साहित्यकार नदिया लिवाङ्गको कविता सङ्ग्रह न्यूयोर्कमा विमोचन

बिआरटीनेपाल २०७५ असार २ गते २२:४४ मा प्रकाशित

न्यु योर्क, युवा साहित्यकार नदिया लिवाङ्गकोे पहिलो कविता सङ्ग्रह “ नदिया लहर ” न्यूयोर्कमा विमोचन भएको छ । नेपाली महावाणिज्य दूतावासका वाणिज्यदूत कृशु क्षेत्रीले एक समारोह बिच कविता सङ्ग्रहको विमोचन गरेका हुन् । 

लामो समयदेखि कविता र गीत कोरिरहेका लिवाङ्गका कविताहरू विभिन्न सञ्चार माध्यमहरूमा पनि प्रकाशन भइरहेकोमा यस पटक ती प्रकाशित र अप्रकाशित सबै कविताहरूको सङ्ग्रह निकालेको लिवाङ्गले बताइन् ।

“हरेक मानिसहरू मेरो विचारमा कवि हुन्, फरक यति हो कसैले त्यसलाई शब्दमा व्यक्त गर्छन् कसैले गर्दैनन्, ”उनले भनिन् । कार्यक्रममा बोल्दै वाणिज्यदूत क्षेत्रीले साहित्यकार लिवाङ्गको कविताहरूको प्रशंसा गर्दै उनको कवितामा छुट्टै भावहरू समेटिएको उल्लेख गरे ।

“मित्र नदियाका कविताहरू धेरै पछि पढ्न पाइयो, मलाई खुसी लागेको छ,” क्षेत्रीले भने ।

५६ वटा कविता रहेको सङ्ग्रहबाट आफू उत्साहित रहेको बताउँदै लिवाङ्गले आफ्नो हरेक पाइलामा साथ दिने पतिका कारण आफ्नो साहित्यिक पाटो अझ फैलिएको बताइन् ।

“मेरो श्रीमान् विश्व थापाको साथको कारण आज यो सम्भव भएको हो,” उनले भनिन् । कार्यक्रममा साहित्यकार लिवाङ्गको कविता “एउटी छोरीको प्रतिज्ञा” लाई भिडियोमा उतारिएको थियो जुन कार्यक्रममा उपस्थित दर्शकहरूले निकै नै रुचाएका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू