अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३१ | Colorodo: 04:46

गम्भीर विषयमा जनमत संग्रह गर्न सकिने

बिआरटीनेपाल २०७५ असार २ गते १९:११ मा प्रकाशित

काठमाडौं – राष्ट्रिय महत्वको कुनै विषयमा जनमत संग्रहको माध्यमबाट निर्णय गर्न आवश्यक छ भनी संघीय संसदका सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले दस्तखत गरेर जनमत संग्रहसम्बन्धी प्रस्ताव दर्ता गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ ।

जनमत संग्रहसम्बन्धी सूचना संसद सचिवालयका महासचिवलाई दिनुपर्ने हुन्छ । आजकोनेपाल समाचारपत्रमा यो खबर छ ।

संघीय संसदमा तत्काल कायम रहेका दुई तिहाइ सदस्यको बहुमतबाट पारित भएमा प्रस्ताव स्वीकृत भएको मानिनेछ ।

प्रस्तावमाथि संयुक्त वैठकको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्धारा गरिने व्यवस्था छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू