अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१० | Colorodo: 02:25

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पव्दारा चीनबाट आयात हुने केहि उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा

बिआरटीनेपाल २०७५ असार २ गते १८:५७ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने ५० अर्ब डलर बराबरको ८०० भन्दा बढी उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । यो कर ६ जुलाईदेखि लागू हुने छ ।

ह्वाइटहाउसका अनुसार बाँकी १६ अर्ब डलरको उत्पादनमा पनि कर लगाउनेबारे परामर्श गरिने छ ।

अहिले ८०० भन्दा बढी उत्पादनमा कर लगाइएको छ जसको कारोबार वर्षेनी ३४ अर्ब डलरको छ ।

अमेरिकाले चिनियाँ उत्पादनमा जति कर लगाएको छ, त्यहि हिसाबले अमेरिकी उत्पादनमा कर लगाउने चीनले जनाएको छ । चीनले अमेरिका र चीनबीच सबै व्यापार वार्ता बन्द हुने चेतावनी पनि दिएको छ ।

यदि चीनले बदला लियो भने थप कर लगाउने चेतावनी राष्ट्रपति ट्रम्पले दिएका छन् ।

ट्रम्पले चीनमा, अमेरिकी प्रविधि र बौद्धिक सम्पत्तीको अनुचित हस्तान्तरणलाई रोक्नका लागि आफ्नो निर्णय जायज भएको तर्क गरेका छन् । यो निर्णयबाट अमेरिकी रोजगारको रक्षा हुने उनको विश्वास छ ।

आफ्नो प्रविधि र बौद्धिक सम्पत्ती गुमाउँदा आफूलाई असैह्य हुने उनले बताएका छन् । अमेरिकी बौद्धिक सम्पत्ती र उत्पादनका उपायहरुलाई चीनले आफ्ना कम्पनीहरुमा प्रोत्साहित गरिरहेको आरोप ट्रम्पको छ । उनले त्यस्तो कार्य चीनले बन्द गर्नुपर्ने बताएका छन् ।

अमेरिकाको पछिल्लो कदमले अमेरिका र चीनबीच व्यापार युद्धको आशंका बढेको छ । यही आशंकाको कारण यूरोप र अमेरिकाको शेयर बजारमा गिरावट आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू