अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२१ | Colorodo: 06:36

एकतालाई थप सुदृढ गर्दै संगठनात्मक संरचनालाई छिटो अन्तिम रुप दिने नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठकको निर्णय

बिआरटीनेपाल २०७५ असार २ गते ९:३७ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक सकिएको छ । आज दिउँसो सुरु भएको बैठक भर्खरै सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पहिलो स्थायी समिति बैठकले पार्टी एकता अदितिय र असाधारण भएको निष्कर्ष निकालेको छ।

बैठकले एकतालाई थप सुदृढ गर्दै संगठनात्मक संरचनालाई छिटो अन्तिम रुप दिनु पर्नेमा जोड दिएको छ । तल्लो तहदेखि केन्द्रसम्म पार्टीको संगठन सुदृढ बनाउने विषयमा बैठकमा छलफल भएको बडालले जानकारी दिए ।

सरकारको कामले जनतामा सकारात्मक प्रभाव परेको ठहर गर्दै बैठकले अझ राम्रो गर्न आत्मसमिक्षा गर्दै अघि बढ्ने निर्णय गरेको छ ।

बैठकमा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामलाई प्रभावकारी र परिणाममुखी बनाउने दिशामा अघि बढ्न निर्देशन दिएका छन् ।

स्थायी समिति बैठकले पार्टी नियमावलीबारे १० दिनभित्र सुझाव दिन स्थायी समिति सदस्यहरुलाई भनेको छ । त्यसका आधारमा सचिवालयले स्थायी कमिटीमा प्रस्ताव ल्याउनेछ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्टमन्त्री प्रदीप ज्ञवालीले आसन्न चीन भ्रमणारे जानकारी गराएका छन् । यो भ्रमण ऐतिहासिक रुपले सफल हुने विश्वास लिइएको बडालले बताए ।

साथै बैठकले प्रधानमन्त्रीकाने चीन भ्रमण सफल बनाउन निर्देशनसमेत दिएको छ ।

बैठकमा पार्टी संचालन गर्ने नियमावली बारे पनि छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू