अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०९ | Colorodo: 05:24

शिखर इन्सुरेन्सद्वारा बिधागत प्रायोजन सहित फोटोपत्रकारहरुको बिमा गर्ने

बिआरटीनेपाल २०७५ असार २ गते ६:२८ मा प्रकाशित

शिखर ईन्सुरेन्स र फोटोपत्रकार क्लबले आइएमइ ग्लोबल आइएमइ नेपाल फोटो प्रतियोगिता २०७५ को ‘नेपाल स्माईल विधा’ प्रयोजनका साथै फोटोपत्रकारको स्वास्थ्य, दुर्घटना र क्यामराको बिमा सम्झौता गरेका छन् । शिखर ईन्सुरेन्सको कार्पोरेट कार्यालय थापाथलीमा शनिवार आयोजित एक कार्यक्रममा शिखर ईन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डे र फोटोपत्रकार क्लबका अध्यक्ष विकास कार्कीले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । आईएमई ग्लोबल आईएमई नेपाल फोटो प्रतियोगिताको नेपाल स्माईल विधामा प्रायोजन गरेको शिखर ईन्सुरेन्सले २०७५ सालका लागी फोटोपत्रकारहरुको क्यामेरामा २ लाख , स्वास्थ्यमा २ लाख र दुर्घटनामा ४ लाख गरी जम्मा ८ लाखको बिमा गर्ने सम्झौता गरेको हो । यस बिमा नीतिलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने गरेर सम्मmौता भएको हो ।

कार्यक्रममा शिखर ईन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत पाण्डेले फोटोपत्रकारसँग गरिएको बिमा सम्झौताले नेपाली फोटोपत्रकारीता क्षेत्रमा नयाँ मोड लिएको बताउँदै यसलाई अझ फराकिलो दायरामा लैजाने जानकारी दिए । निरन्तर जोखिम मोलेर फोटोपत्रकारीता गदै आएका फोटोपत्रकारहरुलाई सहयोग गर्नु पाउँदा कम्पनीले गौरवान्तित महसुस भएको बताउँदै यस विधाले फोटोपत्रकारहरुले अझै निर्धक्कसाथ आफ्नो जिम्मेवारी निवार्ह गर्न थप मद्घत गर्ने बताए । यस बिमा अन्तर्गत फोटोपत्रकारहरुको क्यामरा चोरी तथा सफ्टवेयरका बिग्रेको अवस्था बाहेक अन्य (दुर्घटना, हुलदंङ्गा, प्राकृतिक प्रकोप) अवस्थामा क्लबको सिफारिसमा बिमा दाबी गर्न सकिनेछ ।

फोटोपत्रकार क्लबका अध्यक्ष विकास कार्कीले शिखर ईन्सुरेन्स सँगको सहकार्यले फोटोपत्रकारहरुलाई निर्धक्क साथ आफ्नो जिम्मेवारीमा लाग्न प्रेरित गरेको बताए । अन्य मानिसहरू जान नचाहाने ठाउहरुमा समेत नेपाली फोटोपत्रकारहरुले प्राय आफ्नै उपकरण प्रयोग गदै जिउज्यान तथा उपकरणको समेत जोखिम मोलेरै तस्बिर सङ्कलन तथा संम्प्रेषण गदै आएको अवस्था यस बिमाले फोटोपत्रकारहरु क्षतिको आर्थिक भारबाट मुक्त्त भएको बिचार व्यक्त गरे ।

शिखर ईन्सुरेन्स र फोटोपत्रकार क्लब बिच भएको सहकार्यलाई लामो समयसम्म निरन्तरता दिने बताउँदै प्रमुख कार्यकारी अधिकृत पाण्डेले आगामी दिनमा स्वास्थ्य बिमा अन्तर्गत फोटोपत्रकारहरु मात्रै नभई उनीहरुसग आश्रित परिवारको बिमा समेत आपसी सहमतिबाट तय गदै जाने जानकारी दिए । कार्यक्रममा शिखर ईन्सुरेन्सका वरिष्ठ व्यवस्थापक तथा कम्पनी सचिव सुरज राजबाहेक, फोटोपत्रकार क्लबका उपाध्यक्ष केशवराज थोकर , कोषाध्यक्ष द्घारिका काफ्ले , नेपाल फोटो प्रतियोगिताका संयोजक प्रकाश तिमलसेना लगायतको उपस्थिति रहेको थियो ।

फोटो पत्रकार (पिजे) क्लबले नेपाल पर्यटन बोर्डसगकोे सहकार्य तथा आइएमई र ग्लोबल आइएमई बैङ्कको मुख्य प्रयोजनमा छैटौँ संस्करणको फोटो प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरिसकेको छ भने यही असार ६ गते मध्यरातमा १२ बजेसम्ममा प्रतियोगिता सहभागी जनाउन सक्नेछन् । सबै नेपाली सहभागी जानाउनसक्ने यस नेपालकै ठुलो फोटो प्रतियोगितामा विभिन्न सात विधामा प्रतिस्पर्धा भइरहेको यस प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीले क्लबको आधिकारिक वेभसाइट धधध।उवअगिद।अयm।लउ मा गएर दिइएको निर्देशनअनुसार फोटो दर्ता गर्न सक्नेछन् ।

नेपाल पर्यटन बोर्डको सहकार्य तथा आइएमई र ग्लोबल आइएमई बैङ्कको मुख्य प्रायोजन हुन लागेको प्रतियोगितामा अर्घाखाँची सिमेन्ट न्यूज फोटो, आईएमएस डेली लाइफ, ३ एक्सपिरीयन्स नेपाल कल्चर एण्ड टुरिजम, नेचर एण्ड वाईल्डलाइफ, शिखर ईन्स्योरेन्स नेपाल स्माईल, डिस एक्सन स्पोर्टस र नेप्टोस फोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा हुनेछन् । प्रत्येक विधामा प्रतियोगीले बढीमा ३ वटा फोटो, फोटो स्टोरीमा बढीमा २ वटा स्टोरी र प्रत्येक स्टोरीमा ४ देखि १२ वटासम्म फोटो दर्ता गर्न पाउनेछन् । यस प्रतियोगिता तथा प्रदर्शनीलाई बिपी कोइराला भारत–नेपाल प्रतिष्ठान, साहस स्पोर्टस, सिटी एक्सप्रेस, रियो फ्रुट जुस, एडभेन्चर स्पोर्टस, भायनेट, राष्ट्रिय खेलकुद परिषद्लगायतका संस्थाहरूले सहयोगीको भूमिका गरेका छन् ।

५ लाख २० हजार रुपैयाँ कुल पुरस्कार राशि रहेको प्रतियोगिताको मुख्य विधा आइएमई–ग्लोबल आइएमई बैङ्क फोटो अफ दि इयरको विजेताले १ लाख रुपैयाँ पाउनेछन् भने अन्य सबै सात विधाका विजेताले जनही ३० हजार, उपविजेताले जनही २० हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू