अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३३ | Colorodo: 15:48

अमेरिकामा वर्ल्ड ब्लड डोनर डेको दिन रक्तदान कार्यक्रम सम्पन्न

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ असार १ गते १८:०८ मा प्रकाशित

गत जुन १४ वर्ल्ड ब्लड डोनर डे दिनको अवसरमा कोलोराडोको बोल्डर सहरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा १० जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरुमा टिका पौडेल, लुना पौडेल, रुक बहादुर प्रछाइ, सरिता पछाइ, तारा श्रेष्ठ, निशा श्रेष्ठ, फनिन्द्र क्षेत्री, सरोज सिल्पकार, डा पंकज तिमल्सिना तथा शैलेश पोखरेल छन् ।

उक्त रक्तदान कार्यक्रमको आयोजना ब्लड डोनर अफ अमेरिकाले गरेको थियो । उक्त संस्थाले बेला बेलामा रक्तदान कार्यक्रमको आयोजना गर्दे आएको छ । हिजो देखी ३ दिन सम्म चल्ने उक्त कार्यक्रमको अन्तिम दिन भोलि पनि आफ्नो समय अनुसार बोल्डरको ब्लड सेन्टरमा ब्लड डोनेसन गर्न सकिने छ ।

प्रतिक्रिया