अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४९ | Colorodo: 16:04

विश्वकप दोस्रो खेलमा उरुग्वेद्वारा इजिप्टलाई १–० गोलले हरायो

बिआरटीनेपाल २०७५ असार १ गते ९:३२ मा प्रकाशित

शुक्रबार रूसको एकाटिरिनवर्गमा भएको विश्वकप खेलको दोस्रो खेलमा उरूग्वेले इजिप्टलाई १–० गोलले हराएको छ ।
उरूग्वेको जीतका लागि जोस गिमेन्नेजको ‘हेडिङ’मार्फत खेलको ८९ औँ मिनेटमा योगदान गर्नुभएको थियो । खेलमा उरूवेले निकै पटक गोलका अवसर सिर्जना गरेको भएपनि खेलको अन्तिमसम्म रङ्गशालामा रहेका उरूग्वेका समर्थक निराश देखिन्थे ।
इजिप्टले आफ्ना क्षमतावान् खेलाडी मोहम्मद सालेहलाई घाइते रहेका कारण आजको खेलमा समावेश गरेको थिएन । आफ्ना स्टार खेलाडी सालेहविना नै उत्रिएका इजिप्टको समूह उरुग्वेसँग आक्रामक रूपमा प्रस्तुत भएपनि खेलको अन्तिम क्षणमा भएको गोलका कारण उनीहरूलाई निराश बनाएको देखिन्थ्यो ।
शुक्रबारको दोस्रो खेल मोरक्को र इरानबीच हुनेछ भने अन्तिम खेल स्पेन र पोर्चुगलबीच हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू