अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१० | Colorodo: 14:25

राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच एकीकरण प्रक्रिया सुरु

बिआरटीनेपाल २०७५ जेठ ३१ गते १९:३२ मा प्रकाशित

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकबीच पार्टी एकीकरणको प्रक्रिया सुरु भएको छ । राप्रपाको पार्टी एकीकरणका लागि वार्ता गर्न गठित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ नेतृत्वको समिति र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाबीच बिहीबार भएको भेटवार्तामा दुई पार्टीबीच एकता प्रक्रिया सुरु गर्ने सहमति बनेको हो ।

अध्यक्ष राणाको महाराजगन्जस्थित निजी निवासमा भएको वार्तामा पार्टी टुक्रिएकै बिन्दुबाट पुनः एकीकरणका लागि प्रक्रिया सुरु गर्न दुवै पक्ष सहमत भएको राप्रपा वरिष्ठ उपाध्यक्ष तामाङले जानकारी दिए ।  आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू