अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४१ | Colorodo: 04:56

अभिनेत्री केकी अधिकारी प्रेम सम्बन्धमा

बिआरटीनेपाल २०७५ जेठ ३१ गते १०:३० मा प्रकाशित

अभिनेत्री केकी अधिकारीको प्रेम सम्बन्धको बारेमा खासै समाचार बन्ने गरेका छैनन्। अझ भनौ केहि बर्ष अगाडी गसिप बने पनि पछिल्लो केहि बर्ष यता यो बिषय सेलाएको छ। उनि आफु सिंगलरहेको बताउने गर्छिन् र विवाहाको बारेमा सोच नभएको प्रतिक्रिया दिन्छिन्।

तर पछिल्लो केहि महिनाबाट उनि नजिकका मित्रहरु केकी प्रेममा रहेको चर्चा गर्ने गर्दछन्। गायक आर्जन पाण्डे र केकीअधिकारी प्रेममा रहेको चर्चा अहिले निकै मौलाउन थालेको छ।

केकी र आर्जन प्रायजसो साथ समय बिताउने गर्दछन्। केहि सार्वजनिक कार्यक्रममा दुवै साथ उपस्थित हुने गर्दछन्। चलचित्रको कार्यक्रम देखि अन्य स्थानमा समेत केकी र आर्जनसाथ हुने गर्दछन्। केकी निकट श्रोत पनि केकी र आर्जनको सामिप्यता मित्रता माथि पुगेको बताउछ। केहि समय अगाडी रिलिज भएको चलचित्र ‘कोलपुर एक्सप्रेस’ टिम बस्दाअधिकाश समय आर्जन साथ हुने गर्दथे।

त्यसो त आर्जनका अगाडीका गीतमा केकी नै मोडल हुने गर्दथिन्। यो पटक आर्जनले इन्दिरा जोशी संग मिलेर नयाँ गीत सार्वजनिक गरेका छन्। यो गीतमा केकिको संलग्नता नभए पनि उनले आफ्नोपेजमा भिडियो शेयर गरेर स्पोन्सर समेत गरेकी छिन्।

 

प्रतिक्रिया