अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१७ | Colorodo: 17:32

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज ७२ औ बर्षमा

बिआरटीनेपाल २०७५ जेठ ३१ गते १०:०९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज ७२ वर्षमा लाग्नुभएको छ । 

गत मङ्गलबार उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्तामा भाग लिएर वासिङटनको राजनीतिमा फर्किनुभएका राष्ट्रपति आज बिहीबार आफ्नो जीवनको ७२ वर्ष पूरा गर्नु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१६ मा अमेरिकी राष्ट्रपतिको रूपमा जिम्मेवारी सम्हाल्ने ट्रम्प सवैभन्दा पाको व्यक्ति हुनुहुन्छ । अमेरिकी राष्ट्रपतिमा पहिलो कार्यकालका लागि निर्वाचित बन्दा ट्रम्प ७० वर्षको हुनुहुन्थ्यो । अमेरिकाको इतिहासमा रोनाल्ड रेगनले दोस्रो कार्यकाल सम्हाल्दा सन् १९८४ मा उहाँ ७३ वर्षको हुनुहुन्थ्यो ।

ट्रम्प शारीरिक र मानसिक रुपमा स्वस्थ्य हुनुहुन्छ । गत जनवरीमा गरिएको स्वास्थ्य परिक्षणमा उहाँ स्वस्थ्य रहनुभएको ह्वाइट हाउसका चिकित्सक रोनी ज्याकसनले बताउनुभएको थियो । ट्रम्पको रक्तचाप (ब्लड प्रेसर) ल्याबका रिपोर्टहरू आश्चर्यजनक ढङ्गबाट उत्कृष्ट भएको उहाँका निजी चिकित्सकले बताउनुभएको छ । उहाँको शारीरिक शक्ति र आत्मविश्वास निकै बलियो भएको पनि चिकित्सकको भनाई रहेको छ । अमेरिकी नागरिकहरु उहाँको उमेर र स्वास्थ्यका विषयमा निकै चासो लिने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू