अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५९ | Colorodo: 03:14

विश्वकप फुटबलको उद्घाटन खेल शुरु, रसियाको साउदी अरबमाथि ५-0 को फराकिलो जीत

बिआरटीनेपाल २०७५ जेठ ३१ गते १०:०३ मा प्रकाशित

विश्वकप फुटबलको शनिवार भएको उद्घाटन खेलमा नेपाली समय अनुसार साँझ ८ः४५ बजे साउदी अरब र आयोजक राष्ट्र रुसबिच खेल सुरु भएको छ । उद्घाटन समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संक्षिप्त सम्बोधन गरी खेलमा आउने पाहुनासँगै खेलाडीहरूलाई स्वागत गर्नुभएको छ ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोको सम्बोधनलगत्तै पहिला साउदी अरब र पछि रुसी समूहले राष्ट्रिय गान गाएपछि खेल सुरु भएको छ । रुसको राजधानी मस्कोमा रहेको लुझनिकी रङ्गशालामा विश्वकप फुटबलको भव्य समारोहकाबीच उद्घाटन भएको छ ।

रुसको तर्फबाट इगोर अकिनफिवको नेतृत्वमा इल्या कुपेटोभ, सेर्गेई इग्नाशेभिक, इयुरी गाजिन्स्की अलान जागोभ, रोमान जोवनिन, अलेक्साण्डर गोलोभिन, यूरी जर्कोभ, अलेक्साण्डर सामेडोभ, फेडर स्मोलोभलगायतको टोली खेल्दैछ । रुसको प्रशिक्षकमा स्टानिसलाभ चेर्सेसोभ रहनुभएको छ ।

यसै गरी साउदी अरबतर्फ अब्दुल्लाह अल–मुआइयोउफ ओसामा हासावी (क्याप्टेन), ओमार हावसावी, मोहम्मद अल–बुरायक, येसेर अल–शाहरानी, सलमान अल–फराज, याहिया अल–सेहरी, अब्दुल्लाह ओतायफ, तैसिर अल–जसाम, सालेम अल–दावसारी, मोहम्मद अल–साहलावीलगायत खेल्दैहुनुहुन्छ भने स्पेनी नागरिक जुवान एन्टिोनियो पिजी प्रशिक्षकको भूमिका निर्वाह गर्नुहुनेछ ।

बिहीबारको खेल अर्जेन्टिनी रेफ्रीको उपस्थिति रहेको छ । पहिलो पटक विश्वकपमा भिडियो एसिस्टेन्ट रेफ्रीको प्रयोग गरिने भएको छ । उद्घाटन खेल सुरु हुनु अघि असी हजार दर्शक क्षमता भएको यो स्टेडियममा ५०० कलाकारहरूले उद्घाटनका समय आफ्नो प्रस्तुति दिएका थिए ।

फुटबलको महाकुम्भ मानिने यस खेलको उद्घाटन समारोहमा इङ्गल्याण्डका पपस्टार राबी विलियम्स र स्पेनका प्लासिडो डोमिगोले आकर्षक प्रस्तुतिका साथ उद्घाटन समारोहलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो । कलाकारहरू जुआउन डिएगो फ्लोरेज र गरीफुल्ल्निाले पनि उद्घाटनमा आफ्नो प्रस्तुति राख्नुभएको छ ।

स्टेडियमको सुरक्षाका लागि ३० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ भने खेलका समय आइपर्नसक्ने भवितब्यलाई ध्यान दिँदै रुसले लडाकु विमानहरूलाई पनि तयारी अवस्थामा राखेको बताइएको छ ।

विश्वकपको हालसम्मको इतिहासलाई हेर्दा हालसम्म कुनै पनि आयोजक राष्ट्र उद्घाटन खेलमा हारेका छैनन् । तत्कालीन सोभियत सङ्घले (रुस)ले १९७० मा मेक्सिकोमा भएको विश्वकप उद्घाटन खेल खेलेको थियो । यो खेल बराबरी भएको थियो । रुस आयोजक राष्ट्र भएकाले यसको तयारी खेललाई भव्य बनाउने भए पनि साउदी अरब पनि कम आक्न सकिने समूह होइन ।

सन् २०१८ को विश्वकपमा पहिलो गोल गर्न रुसी खेलाडी इयुरी गाजिन्स्की सफल साउदी अरबले चलाएको बलसँगै खेलको उद्घाटन भएको हो । भने खेलमा रुसले पहिलो गोल गरी आफूलाई प्रभावशाली समूहको रूपमा प्रस्तुत गरेको छ । रसियाका लागी खेलको १२औ मिनेटमा युरी ग्याजिन्सकीले पहिलो गोलगरेका थिए भने खेलको ४३औ मिनेटमा रसियाका डेनिस चेरिसेभले दोस्रो गोल गरेका छन्। खेलको ७१औ मिनेटमा रसियाका लागी तेस्रो गोल आर्तेम दर्बुजाले गरे भने ९० मिनेट पछि थपिएको ३ मिनेटको अतिरिक्त समयमा रसियाका लागी देनिश चेरोसेभ र एलेकसान्दरले थप दुई गोल गरी टिमलाई  ५-0को  फराकिलो जीत दिलाए।

जीतसँगै रसियाले ३ अङ्क बटुलेको छ। 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू