अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३७ | Colorodo: 13:52

मुल्यवृद्दिको बिरोधमा नेपाल विद्यार्थी संघको विरोध

बिआरटीनेपाल २०७५ जेठ ३१ गते ९:३० मा प्रकाशित

सरकारले गरेको चरम मुल्यवृद्दिको विरोधमा नेपाली काङ्ग्रेसको भातृ सङ्घ नेपाल विद्यार्थी सङ्घ ग्रामीण आदर्श क्याम्पसले संयुक्त रूपमा प्रधानमन्त्री के पी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

विद्यार्थीको विरोध रोक्न ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएपनि आक्रोशित भीडले प्रधानमन्त्रीको पुत्ला दहन गरेको ने बि सङ्घ ग्रामीणका विद्यार्थी नेता राजेन्द्र फुयाँलले बताउनुभयो ।

मुल्यवृद्दिको विरोधमा आन्दोलन गर्दै आइरहेको नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थ, इन्टरनेट लगायतको क्षेत्रमा गरेको मूल्य वृद्धिको विरोधमा र्‍याली, मशाल जुलुस, पुत्ला दहन, कोण सभा गरी दबाब दिइरहेको छ ।

जायज मागको सम्बन्धमा पनि सरकार कानमा तेल हालेर बसेको भन्दै आक्रोशित भएको ने बि सङ्घले सरकार लाई घुँडा टेकाएरै छाड्ने चेतावनी समेत दिएको छ।

विरोध कार्यक्रममा नेबि सङ्घ एन.आर का नेता परोपकार अधिकारी, नेपाल विद्यार्थी सङ्घ रसुवा जिल्ला उपाध्यक्ष सन्तोष अधिकारी ,शुसान्त सिटौला तथा ग्रामीण ने बि सङ्घका विद्यार्थी नेताहरू, सुवास अधिकारी, राजेन्द्र फुयाँल, विक्रम अधिकारी लगायत अन्य नेता तथा कार्यकर्ताको सहभागिता रहेकोे थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू