अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५२ | Colorodo: 08:07

विवाह नगरी सन्तान जन्माउन सक्ने !

बिआरटीनेपाल २०७५ जेठ ३० गते १८:४० मा प्रकाशित

गर्भपतन अब अधिकार र कसुर दुवै हुने भएको छ । 

महिलाका हकमा गर्भपतन संविधानमा मौलिक हकअन्र्तगत राखिएको छ भने सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी विधेयकको मस्यौदामा गर्भपतन कसुर हुने व्यवस्था गरिएको छ । कसुर गर्भपतन गराउन दबाब दिनेका हकमा कायम हुनेछ ।

कुनै पनि महिलाले आफ्नो ईच्छाबमोजिम विवाह नगरी सन्तान जन्माउन सक्ने अधिकार कानुनले सुरक्षित गर्न लागेको छ ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी विधेयकमा यो अधिकार सुरक्षित गरिएको हो ।

संविधानको मर्मअनुसार प्रजनन अधिकारलाई कानुनमा सुरक्षित गरिएको मन्त्रालयकमा प्रवक्ता ढकालले बताए ।

संविधानले नै विवाह नगरी महिलालाई सन्तान जन्माउन सक्ने हकको व्यवस्था गरिसकेको छ, उनले भने सविधानमा व्यवस्था भएको कुरा कसैले दिईरहनुपर्ने विषय नभएको उनले बताए ।, आजकोनागरिकदैनिकमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू