अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१० | Colorodo: 18:25

नेपालमा भारतीय लगानी बृध्दि गर्न चेम्बरको आग्रह

बिआरटीनेपाल २०७५ जेठ ३० गते १०:५६ मा प्रकाशित

नेपालका लागि भारतीय पूर्व राजदूत के बी राजनले बदलिँदो परिवेशमा नेपाल भारत व्यापार नयाँ ढङ्गले अघि बढ्नुपर्ने कुरा बताउनु भयो।

नेपाल चेम्बर अफ कमर्सले भारतको पीएचडी चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलको स्वागतमा आयोजना गरेको “नेपाल भारत वाणिज्य, लगानी तथा व्यापार” विषयक अन्तरक्रियात्मक कार्यक्रममा उहाँले नेपाल भारत सम्बन्धका विभिन्न आयाममा प्रकाश पार्दै उक्त कुरा बताउनुभएको हो । नेपाल लामो समयको राजनीतिक अस्थिरता र अन्योलतालाई चिर्दै स्थिर सरकार बनाउन सफल भएको भन्दै उहाँले अब नेपाल समृद्धिको बाटोमा रफ्तारमा अघि बढ्ने आशा व्यक्त गर्नु भयो।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको भारतसँगको व्यापार घाटा कम गर्नको लागि पर्यटन र कृषि क्षेत्रमा भारतीय लगानी भित्र्याउन आग्रह गर्नु भयो। १ प्रतिशत मात्र भारतीय नागरिक पर्यटकको रूपमा नेपाल भित्रिए भने पनि १० लाख पर्यटक भित्रिने र त्यसले नेपालको  अर्थतन्त्र मजबुत बन्ने उहाँले बताउनु भयो।

लघु जलबिद्दुत, कृषि, पर्यटन र जडीबुटी क्षेत्रलाई समेट्ने गरी स्थापना भएको नेपालभारत केन्द्रले आपसी हित र विकासको गतिलाई अगाडी बढाउन सहकार्य गर्नुपर्ने उहाँको धारणा थियो ।
कार्यक्रममा पीएचडी चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका महासचिव सौरभ स्याल, नेपाल वोमेन चेम्बर अफ कमर्सका अध्यक्ष डा अनजान शाक्य र नेपाल युथ चेम्बर अफ कमर्सका अध्यक्ष दिपेश रत्न तुलाधरले दुई पक्षीय व्यापार, महिला र युवाहरूको भूमिकाबारे बोल्नुभएको थियो

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका निर्देशक हरि प्रकाश चन्द, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महा प्रसाद अधिकारी र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले नेपाल भारत व्यापार सम्बन्धमा छुट्टा छुट्टै कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू