अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५८ | Colorodo: 04:13

कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित

बिआरटीनेपाल २०७५ जेठ ३० गते ९:०९ मा प्रकाशित

कर्णाली प्रदेश सरकारको आव २०७५÷७६ को नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रममाथि भएको छलफलमा सदस्यहरुले उठाएको जिज्ञासामाथि जवाफ दिएलगत्तै सरकारको नीति तथा कार्यक्रमलाई बैठकले पारित गरेको हो ।

मुख्यमन्त्री शाहीले सरकारले ल्याएको नीति तथा कार्यक्रमअनुसार यो वर्ष कानून, योजना निर्माण, हरेक क्षेत्रको सूचक संकलन र सम्भाव्यता अध्ययन तथा अनुसन्धानको वर्ष हुने बताउनुभयो ।

सरकारले ल्याएको नीति तथा कार्यक्रमले प्राथमिकता प्राप्त क्षेत्र, वर्ग र समृद्धि कुरा समेटिसकेको बताउँदै उहाँले सोचमा सकरात्मकता ल्याउन अनुरोध गर्नुभयो ।

प्रतिपक्षीले पनि बैठकमा रचनात्मक भूमिका खेलेकामा प्रशंसा गर्दै उहाँले सरकारका लक्ष्य, उद्देश्यमा सघाउन आग्रह गर्नुभयो ।

बाटो चाहियो

यस अघि नेपाली काँग्रेस मुगुबाट समानुपातिकमा निर्वाचित प्रदेशसभा सदस्य झोवा विकले अत्यन्तै विकट मुगुको कार्मारोङ गाउँपालिकाका जनता अहिलेसम्म भेडा पालेर बस्दा पनि सिंहदरबारले न्याय नगरेको दुःख पोख्नुभयो । “विकास के हो ? त्यसका बारे हामीले महसुस गर्न पाएका छैनौँ, हामीलाई हाम्रो ठाउँसम्म रेल होइन, गाडी जाने सडक बनाई दिए हुन्छ,” उहाँले भन्नुभयो ।

उहाँले विद्युत् र बाटो पहिलो आवश्यकता भएको औँल्याउनुभयो । “प्रदेश सरकारले भाँगोलाई नीति तथा कार्यक्रममा ल्यायो, यो राम्रो छैन । बरु चुलीको तेल राम्रो र त्यो हामी बच्चा आमा दुवैले खाँदै आएका छौँ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू