अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५३ | Colorodo: 16:08

नेपालमा लगानी अभिबृध्दि गर्न परिसंघ र पिएचडी चेम्बर बीच छलफल,

बिआरटीनेपाल २०७५ जेठ ३० गते ९:०६ मा प्रकाशित

परिसंघ तथा पिएचडी चेम्बर बीच छलफल, परिसंघ तथा भारतको पिएचडि चेम्बर प्रतिनिधि बीच आज परिसंघको सचिवायलमा भेटघाट तथा छलफल सम्पन्न भएको छ ।
सो भेटघाट तथा छलफलका अवसरमा परिसंघका अध्यक्ष हरिभक्त शर्माले हाल नेपालले स्थिर सरकार प्राप्त गरे पश्चात निजी क्षेत्र तथा लगानीकर्ताको लागि प्रसस्त अवसरहरु प्राप्त भएको कुरा व्यक्त गर्नु भयो ।

भारत नेपालको छिमेकी तथा ठूलो व्यापारिक साझेदार भएकोले नेपाली निजी क्षेत्रले त्यहाँका लगानीकर्तासंग ठुलै अपेक्षा गरेको बताए । नेपालको भारतसंगको बढ्दो व्यापार घाटालाई समेत भारतीय लगानीमा यहाँ ठूला परियोजनाहरु स्थापना गरी भारत तथा तेश्रो मुलुक तर्फ निर्यात बढाई कम गर्न सकिने तर्फ उहाँको सुझाव रहेको थियो ।

यसका लागि परिसंघ, पिएचडि चेम्बर जस्ता संस्थाहरु सहकार्य गरी अगाडि बढ्नु पर्ने धारण उहाँले व्यक्त गर्नु भएको थियो ।
नेपाल भारत बीचको वर्तमान व्यापारिक सन्धिको मर्म विपरित भारतिय पक्षबाट बेला बखत गैह्र भन्सार अवरोधहरु श्रृजना गरि नेपालको भारत तर्फको निर्यातलाई अवरोध हुने गरेको छ ।

यस्ता विषयहरुमा समेत हाम्रा परिसंघ तथा पिएचडि जस्ता संस्थाहरुले सहकार्य गरि दुवै सरकारको ध्यानाकर्षण गर्न जरुरी रहेको छ ।

नेपालको व्यापारको सबै भन्दा ठूलो हिस्सा भारतको रहेको र ठूलो राष्ट्र भएकोले भारतीय पक्षले यस तर्फ बढी लचिलो हुनुपर्नेमा उनको जोड थियो ।
सो छलफलका क्रममा पिएचडि चेम्बरका अध्यक्ष अनिल खेतान  ले नेपालका लगानीका सम्भावना रहेका प्रमुख क्षेत्रको पहिचान गरी त्यसमा विस्तृत अध्ययन हुनुपर्नेमा जोड दिनु भयो। यसका अतिरिक्त नेपालको औद्योगिक क्षेत्रलाई आवश्यक दक्ष जनशक्ति व्यवस्थापनमा समेत पिएचडि चेम्बरले आफ्नो अनुभवको आधारमा परिसंघसँग सहकार्य गर्न सक्ने विचार व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू