अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

अमेरिकामा स्वर्गीय श्रेष्ठको अन्तिम संस्कार सम्पन्न

रबिन पिया, अस्टिन टेक्सस २०७५ जेठ २९ गते १८:०५ मा प्रकाशित

काठमाडौँ स्वयम्भु, सानो भर्यांग स्थाई बसोवास् गर्दै आउनु भएका राजेन्द्र श्रेष्ठको हिजो टेक्ससको एल्गीनको प्रोभिडेन्स जोन्स फामीली फ्युनरल होममा अन्तिम बिदाइ गरी दाह संस्कार सम्पन्न गरियो ।

केही वर्षदेखि अमेरिका बस्दै आउनुभएका श्रेष्ठ टेक्ससको मेक्सीया भन्ने (बाको सहरबाट पूर्वतिर रहेको)ठाउँमा काम गर्दै आउनुभएको थियो । प्राप्त जानकारी अनुसार वहाँ सिकिस्त बिरामी परेपछि आफैँ हस्पिटल आई भर्ना हुनुभएको र वहाँको फोक्सो र किड्नी खराब रहेको जानकारी छ । ५० वर्षीय श्रेष्ठ सिटन मेडिकल सेन्टर अस्टिनमा उपचारार्थ यही जून चार तारिखमा निधन भएको हो ।

दाह संस्कारका लागि नेपालबाट आउनु पर्ने परिवारको प्राविधिक कारण आउन नसक्ने भएकोले परिवारहरूको सल्लाह र मृतकको ईच्छानुसार वहाँको अन्तिम संस्कार हिजो गरिएको थियो । मृतक श्रेष्ठको नेपालमा आमा, श्रीमती शबीना श्रेष्ठ छोरीहरूमा रोनिसा र एलिशा श्रेष्ठ हुनुहुन्छ ।

छोराको चाहनाले वहाँले मुकेश ताम्राकारलाई धर्म छोरा बनाउनु भएको थियो। धर्म छोरा मुकेश ताम्राकारलाई टिका लगाउँदा “तिमी मेरो छोरा हो, म मर्दा ! दाग बत्ती तिमीले दिनु र मेरो अन्तिम संस्कार पनि तिमीले गर्नु ! “भन्नु भएको रहेछ !

दैव संयोग ! धर्म छोरा पनि यही अमेरिकामा केही वर्षदेखि बस्दै आउनु भएको रहेछ । सोही वहाँको इच्छा बमोजिम हिन्दु परम्परा अनुसार छोरा मुकेश ताम्राकारबाट दाग बत्ती दिई अन्तिम संस्कार सम्पन्न गरियो ।

नेपालीलाई सहयोग गर्न सधैँ अग्रसर रहने ग्रेटर अस्टिन नेपाली सोसाइटीबाट उक्त कार्यक्रमको आयोजना गरिएको थियो । सुरु देखि पहल गर्दै आउनु भएका संस्थाका अध्यक्ष देवराज न्यौपानेले सोकसंतप्त परिवार प्रति समवेदना प्रकट गर्नु भयो भने संस्थाको तर्फबाट गर्न सकिने सहयोग पनि गर्न तयार रहेको बताउनु भयो साथै श्रध्दांजलीमा उपस्थितका लागि सबैलाई धन्यवाद व्यक्त गर्नु भयो । 

प्रतिक्रिया