अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५१ | Colorodo: 22:06

खुट्टामा गम्भीर समस्या देखा परेकाले पेले विश्वकप उद्घाटन समारोहमा सहभागी नहुने

बिआरटीनेपाल २०७५ जेठ २९ गते ९:५९ मा प्रकाशित

एजेन्सी, खुट्टामा गम्भीर समस्या देखा परेका ब्राजिलियन फुटबलर लेजेन्ड पेले जून १४ मा हुने विश्वकप उद्घाटन समारोहमा सहभागी हुन नपाउने भएका छन् ।

पेलेको स्वास्थ्य स्थितिका बारेमा मङ्गलवार उनका प्रवक्ताले खुट्टामा गम्भीर समस्या देखा परेकाले पेले अस्वस्थ रहेको जानकारी दिएका छन् । ७७ वर्षीय पेलेले यसअघि नै खुट्टा र हड्डी सम्बन्धी विभिन्न शल्यक्रिया गराइसकेका छन् जसकारण पछिल्लो समय उनी सार्वजानिक स्थानमा अत्यन्तै कम देखा पर्ने गरेका छन् ।

यसअघि २०१८ विश्वकपका सबैभन्दा विशिष्ट अतिथिका रूपमा बोलाइएकाले जून १४ मै उनको भ्रमण निर्धारित गरिएको थियो । तर अन्तिम समयमा कमजोर स्वास्थ्यका कारण कार्यक्रम रद्द गराउनुपर्ने अवस्था रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । 

प्रतिक्रिया