अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३५ | Colorodo: 14:50

सन्दिप लामिछानेको पहिलो गीत सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७५ जेठ २९ गते ९:५६ मा प्रकाशित

काठमाडौं । क्रिकेटबाट लाखौंको मन जितेका चर्चित युवा क्रिकेटर सन्दिप लामिछानेले आफ्नो पहिलो गीत ‘उदास थियो मेरो मन’ सार्वजनिक गरेका छन् ।

क्रिकेटसँगै सन्दिपले गायन क्षेत्रमा पनि पाईला टेकेका छन् । रोमान्टिक र मेलोडियस शैलीको गीत गाएका सन्दिपले फेसबुकमा स्टाटस लेख्दै ‘संगीत सधैं मेरो प्रेरणा स्रोत रहिआएको छ । मैदानभित्र र बाहिर समेत यसले मेरो प्रदर्शनलाई निखार्न मद्दत गरिरहेको छ । यो मेरो दोस्रो सौख हो ।’ भनेका छन् ।

सन्दिपको कम्पोजिसन रहेको गीतलाई विनोद तिमिल्सिनाले लेखेका हुन् । सन्दिपले आफ्नो आधिकारिक यूट्यूब च्यानलबाट ‘उदास थियो मेरो मन’ बोलको गीत रिलिज गरेका हुन् ।

प्रतिक्रिया