अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५१ | Colorodo: 19:06

रिलिज हुँदै भाइरल भयो ‘धडक’को ट्रेलर, जान्हवी र ईशान मुख्य भूमिकामा

बिआरटीनेपाल २०७५ जेठ २९ गते ९:५३ मा प्रकाशित

नयाँ दिल्ली । श्रीदेवी पुत्री जान्हवी कपूरको डेब्यू फिल्म ‘धडक’को ट्रेलर रिलिज भएको छ । ‘धडक’ मराठी फिल्म ‘सैराट’ को हिन्दी रिमेक फिल्म हो ।

फिल्मको ट्रेलर रिलिज भएसँगै भाइरल भएको छ । ‘धडक’को ट्रेलर अहिले यूट्युबमा एक नम्बरमा छ । फिल्ममा जान्हवी कपूर र ईशान खट्टर मुख्य भूमिकामा देखा परेका छन् ।

ट्रेलर रिलिज भएको २४ घण्टा नपुग्दै एक करोड ४० लाख भन्दा बढीले यसलाई हेरिसकेका छन् । जान्हवी र ईशानको जोडीलाई दर्शकहरुले खुब मन पराईरहेका छन् ।

प्रतिक्रिया