अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०६ | Colorodo: 10:21

राष्ट्रिय टिमलाई समर्थन गर्न ६० हजार ब्राजिलियनले रुसको टिकट काटे

बिआरटीनेपाल २०७५ जेठ २९ गते ९:३७ मा प्रकाशित

फिफा वल्र्डकप २०१८ मा आफ्नो राष्ट्रिय टिमलाई समर्थन गर्नको लागि करिब ६० हजार ब्राजिलियनहरु रसिया जाने भएका छन् ।

यो कुराको पुष्टि ब्राजिलका विदेशमन्त्री एलोईसिओ नुनेसले गरेका छन् । उनले भनेका छन्,“कम्तिमा पनि ६० हजार ब्राजिलियनहरुले रसिया जाने टिकट काटिसकेका छन्।” ब्राजिलका विदेशमन्त्रीको यो भनाई ग्लोबो टिभीले उद्धृत गरेको छ ।

त्यस्तै ब्राजिलले विश्वकपलाई मध्येनजर गरेर काजान, सामारा, रोस्तोभ ओन दोन, सोची र सेन्ट पिटर्सवर्गमा गरी पाँच वटा कन्सुलेट अफिस समेत खोल्ने भएको छ ।

विश्वकप यही बिहीबारबाट सुरु हुँदैछ । पहिलो उद्धघाट्न खेल रुस र साउदी अरबीयाबीच रुसको राजधानी मस्कोमा हुँदैछ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया