अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२६ | Colorodo: 10:41

रसिया विश्वकपमा बन्न सक्छन् आश्चर्यजनक १० रेकर्ड

बिआरटीनेपाल २०७५ जेठ २९ गते ९:२७ मा प्रकाशित

बिहिबार विश्कप फुटबलको २१ औं संस्करण सुरु हुँदैछ । रसियामा हुने यो महाकुम्भमा केही रेकर्ड बन्न सक्नेछन् । फिफाको आधिकारीक वेटवसाइटका अनुसार रसिया विश्वकपमा बन्न सक्ने १० रेकर्ड यस्ता छन्ः

१. पोर्चुगलका फर्नान्डो सान्टोस र उरुग्वेका प्रशिक्षक ओस्कर ताबारेजको उमेर जोड्ने हो भने १३५ बर्ष तीन महिना हुन्छ । यदी उरुग्वे र पोर्चुगल अन्तिम १६ मा भेट हुने हो भने, उक्त खेल विश्वकप इतिहासको सबैभन्दा धरै उमेर भएका प्रशिक्षक भेट हुनेछन् । जुन, नयाँ रेकर्ड बन्छ । यस अघि १३३ बर्ष नौ महिनाको रकेर्ड बनिसकेको छ । ग्रीसका ओटो रेहागेल र नाइजेरियाका लार्स लेजरब्याकको संयुक्त आयु विश्वकप इतिहासको सबैभन्दा धेरै छ । यो रेकर्ड दक्षिण अफ्रिकामा २०१० मा भएको विश्वकपमा बनेको हो ।

२. इजिप्टका गोलकिपर तथा क्याप्टने एल हदरीले सबैभन्दा धेरै उमेरमा विश्वकप खेल्ने खेलाडीको रेकर्ड बनाउँदैछन् । उनको उमेर ४५ बर्ष पाँच महिना भएको छ । उनले फारोड मोड्रेगनको रेकर्ड तोड्नेछन् । कोलम्बियाका फोरडले २०१४ मा ब्राजिलमा भएको विश्वकप ४३ बर्षको उमेरमा खेलेर रेकर्ड बनाएका थिए ।

३. क्याप्टेनका रुपमा विश्वकपमा सबैभन्दा धेरै गोल गरेको रेकर्ड डियोगो म्यारोडोनाको नाममा छ । उनले ६ गोल गरेका थिए । यो रकेर्ड अर्जेन्टिनाका क्याप्टेन लियोनल मेस्सीले रसियामा तोड्ने निश्चित छ । मेस्सीलाई यो रकेर्ड तोड्न तीन गोल आवश्यक छ ।

४. विश्वकपमा लगातार ६ खेल नहारेको रेकर्ड मेक्सिकोको नाममा छ । मेक्सिकोले १९९४ मा अमेरिकामा भएको विश्वकप र १९९८ मा फ्रान्समा भएको विश्वकपमा यो रेकर्ड बनाएको हो । यो रेकर्ड रसियामा कोस्टारिकाले बनाउन सक्नेछ । २०१४ मा ब्राजिलमा भएको विश्वकपमा कोस्टारिका लगातार ५ खेलमा अपराजित रहेको छ । समुह ‘इ’ मा रहेको कोस्टारिका सर्विया र ब्राजिलसँग पराजित नभए मेक्सिकोको रकेर्ड तोडिनेछ ।

५. जर्मनीका थोमस मुलर लागतार तीन विश्वकपमा पाँच गोल गर्ने खेलाडी बन्न सक्छन् । जुन नयाँ रेकर्ड हुनेछ । उनले २०१० र २०१४ को विश्वकपमा पाँच–पाँच गोल गरेका छन् । यस्तै उनले रसियामा ६ गोल वा त्यो भन्दा बढी गर्ने हो भने विश्वकप इतिहासका सबैभन्दा धेरै गोल गर्ने खेलाडी बन्न सक्नेछन् । यो रेकर्ड जर्मनीका मिरोस्लाभ क्लोजको नाममा छ । उनले १६ गोल गरेका छन् ।

६. मेक्सिकोका राफा मार्केज लगातार पाँच विश्वकप खेल्ने तेस्रा खेलाडी बन्नेछन् । उनले २००२, २००६, २०१० र २०१४ मा गरी चार विश्वकप खेलिसकेका छन् । रसिया विश्वकप उनको पाँचौ विश्वकप हो । यस अघि मेक्सिको कै एन्टिनियो कार्बाजल र जर्मनीका लोथर मेथुसले लगातार पाँच पटक विश्वकप खेलेका थिए ।

७. लगातार चार विश्वकपमा गोल गर्ने अवसर अष्ट्रिलियाका टिम केहिल, मेक्सिकोका राफा मार्केज र पोर्चुगलका क्रिस्टियोनो रोनाल्डोसँग छ । यस अघि यूवे सेलेर, पेले र मिरोस्लाभ क्लोजको नाममा मात्रै यस्तो रेकर्ड छ ।

८. १९९८ र २००२ को विश्वकपमा बेल्यिजमले लगातार पाँच खेल बराबरी खेलेको थियो । यो रेकर्ड रसियामा कोस्टारीकाले बनाउन सक्छ । २०१४ को विश्वकपमा कोस्टारिकाले लागतार तीन खेलमा बराबरीको नतिजा निकालेको थियो ।

९. यदी फ्रान्सले रसिया विश्वकप जितेमा प्रशिक्षक डिडिएर डिस्च्याम्पले रेकर्ड बनाउनेछन् । उनी खेलाडी र प्रशिक्षकोरुपमा विश्वकप जित्ने तेस्रा व्यक्ति हुनेछन् यस अघि मारियो जगालो र फ्रान्जबेकनबाउरले यस्तो रकेर्ड बनाएका थिए ।

१०. १९५४ को विश्वकपको क्वाटरफाइनलमा ब्राजिललाई हंगेरीले ४–२ ले हराएको थियो । तर विश्वकपका १३ खेल पछि १९६६ को विश्कपको समुह चरणमा ब्राजिलले हंगेरीलाई ३–१ गोलले हराउँदै ब्राजिलले रेकर्ड बनाएको थियो । २०१० को सेमिफाइनलमा स्पेनसँग जर्मनी १–० ले पराजित भएको थियो । २०१८ मा जर्मनीले ८ खेल पछि यो नतिजा उल्टाउँदै अर्को रेकर्ड बनाउँन सक्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू