अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५२ | Colorodo: 09:07

प्रदेश ७ को बजेट २६ अर्बको, उद्योगलाई कर छुट देखि करको दायरा बढाउने सम्मका योजना

बिआरटीनेपाल २०७५ जेठ २९ गते ९:२४ मा प्रकाशित

धनगढीः प्रदेश नं ७ का आर्थिक मामिला मन्त्री झपटबहादुर बोहराले प्रदेश सरकारले २६ अर्ब सम्मको बजेट ल्याउन लागेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहकार्यमा धनगढीमा आयोजित तालिम कार्यक्रममा बोल्दै मन्त्री बोहराले ‘सङ्घीय सरकारले उपलब्ध गराएको २१ अर्ब बराबरको अनुदान र प्रदेश सरकारले विभिन्न वित्तीय क्षेत्रबाट उठाउने गरी बजेट निमार्ण गरिरहेको बताए ।

पूर्वाधार, जलविद्युत, उद्योग, कृषि लगायतलाई प्राथमिकतामा राखेर बजेट निमार्ण गरिरहेको बताउँदै उनले लगानी आकर्षित गर्न कर छुट दिन लागिएको जानकारी दिए ।

मन्त्री बोहराले ‘कर’ करले भन्दा पनि रहरले तिर्ने वातावरणको सिर्जना गर्ने बताए। ‘कर’ करले होइन, रहरले तिराउने हो। मेरो राज्य र सरकार हो भन्ने हेतुले कर मैत्री वातावरण बनाउँछौँ । करको दायरा होइन, करका नयाँ क्षेत्रको पहिचान गर्छौँ,’ उनले भने ।

उनले विकास र समृद्धिको आधार वर्षको रूपमा यो बजेट ल्याउन लागेको बताए। सङ्घीयता कार्यान्वयनको चरणमा बजेट आउन गालेको बताउँदै विकास र समृद्धिको आधार वर्षको रूपमा बजेटको कार्यान्वयन हुने उनले बताए  कार्यक्रममा प्रदेश नं ७ का सभामुख अर्जुन बहादुर थापाले राजनीतिक भन्दा आर्थिकक्रान्ती अभियानमा अगाडी बढ्नुपर्ने  बताए ।

यूनडिपीकी आवासीय उपनिर्देशक सोफी केमखाडेले दिगो विकासका लक्ष्य कार्यान्वयनका लागि सरकार, नागरिक समाज र पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको बताइन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू