अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०९ | Colorodo: 10:24

गायक राजेश राईको नयाँ म्युजिक भिडियो बजारमा

बिआरटीनेपाल २०७५ जेठ २९ गते ९:२० मा प्रकाशित

गायक राजेश राईको पुन नयाँ म्युजिक भिडियो बजारमा आएको छ | तोडियो , अर्खौले बजार , ए कान्छी जस्ता निकै उत्कृष्ट गीत दिएका गायक राईले यो पटक भने आइतबार नामक गीत लिएर दर्शक श्रोता माझ आएका हुन | निकै फरक शैलीको यस गीतलाई सुरेश अधिकारीले सङ्गीत भरेका छन् |

लगभग २० वर्ष अगाडिनै यस गीतलाई स्वयम् सुरेश अधिकारीले आफ्नो स्वरमा रेकोर्ड गराएका थिए | भोला श्रेष्ठको उत्कृष्ट शब्द रहेको यस गीतमा प्रेमीले आफ्नो प्रेमिकालाई हप्ता हप्ता दिन सम्म कुर्दा खेरि हुने शारीरिक तथा मानसिक अवस्थालाई समेटेका छन् | यस गीतमा विनय केटुको सङ्गीत समायोजन रहेको छ |

आइतबारकै दिन पारेर रिलिज गरिएको यस गीतको म्युजिक भिडियोमा भिमफेदी गाइजले अभिनय गरेका छन् | सधैँ फास्ट बिटको गीतमा देखिने भिमफेदी गाइजले यस भिडियो मार्फत दर्शकलाई केही फरक स्वाद दिन खोजेका छन् | भिडियोमा निर्मल लामा र जेनिलिया श्रेष्ठको निकै उत्कृष्ट अभिनय देख्न सकिन्छ | भिडियोलाई खिच्ने अनि निर्देशन गर्ने काम भने नेपालका निकै व्यस्त म्युजिक भिडियो क्यामेराम्यान ज्ञानेन्द्र शर्माले गरेको हो यस अघि पनि राजेशको अधिकांश भिडियो खिच्ने र निर्देशन गर्ने काम शर्मालेनै गरेको देख्न सकिन्छ | भिडियोलाई पवन सुस्लिङ -द मोन्टेजले सम्पादन गरेका छन् |

भिडियो

प्रतिक्रिया