अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१७ | Colorodo: 18:32

रसियामा विहिवार देखी सुरु हुने फिफा विश्वकप फुटबल प्रतियोगिताको लागी सुरुक्षा ब्यवस्था निकै कडा

बिआरटीनेपाल २०७५ जेठ २९ गते ९:११ मा प्रकाशित

रसियामा बिहिवार देखी आयोजना हुने फिफा विश्वकप फुटबल २०१८ को सफल आयोजनाको लागी सुरुक्षा चुनौतीको सामना गर्न अधिकारीहरुले विभिन्न उपाय अवलम्बन गरेका छन ।

विश्वकप फुटबलको बेला खास गरी अतिवादी इस्लामीक समुहबाट हुन सक्ने आक्रमण रोक्न सुरुक्षा ब्यवस्था कडा बनाइएको छ । विश्वकपको खेलहरु आयोजना हुने सहरका विमानस्थल, बस, मेट्रो स्टेशन लगायत रंगशाला वरपर क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।

सुरुक्षा अधिकारिहरुले खेल आयोजना हुने रंगशालको एयर ट्राफिक क्षेत्रमा उडान निशेधित क्षेत्रलाइ फराकिलो बनाएका छन । रसियाको रक्षा मन्त्रालय, संघिय सुरुक्षा निकाय र गुप्तचर संस्था केजिबीले विश्वकप आयोजना हुने ११ वटै सहरमा ड्रोनबाट हुन सक्ने संभावित आक्रमण रोक्न उच्च प्रविधिको ड्रोन प्रतिरक्षा प्रणाली परिचालन गरेका छन ।

विश्वकपको सुरुक्षाको लागी अन्तर्राष्ट्रिय प्रहरी सहयोग केन्द्रको पनि स्थापना गरिएको छ । विश्वकप फुटबलको आयोजना कुनै पनि राष्ट्रको लागी राष्ट्रिय गौरवका साथै अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउन एउटा ठुलो अवसर भएकोले सुरक्षा ब्यवस्था कडा पार्नुलाइ रसियाका जनताले स्वभाविक रुपमा लिइएका छन । ३२ देश सहभागी हुने खेल हेर्न करिब करिब ३० लाख दर्शक रंगशालामा उपस्थित हुने बताइएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू