अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५६ | Colorodo: 09:11

एकल युनियनको अवधारणा प्रति नेपाल ट्रेड युनियन कांग्रेसको असहमति

बिआरटीनेपाल २०७५ जेठ २९ गते ८:४९ मा प्रकाशित

संसदमा दुई तिहाई बहुमत रहेको भन्दै मुलुकभर संगठित ट्रेड युनियनलाई खारेज गरी एकल युनियनको अवधारणा ल्याउने सरकारी अभिव्यक्ति प्रति ट्रेड युनियन कर्मीहरुले आपत्ती जनाएका छन् ।नेपाल ट्रेड युनियन कांग्रेसको आजदेखि राजधानीमा शुरु भएको छैठौं राष्ट्रिय महाधिवेशनको उदघाटनका अवसरमा आयोजित कार्यक्रममा उनीहरुले सो आपत्ती जनाएका हुन् ।

श्रमिक आन्दोलनलाई निस्तेज पार्ने उद्देश्यले गरिने कुनैपनि यस्ता क्रियाकलाप विरुद्ध आन्दोलन गरिने चेतावनी दिंदै युनियन कर्मीहरुले मजदुरको रकम संकलन गरी बनाइएको सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमको उपयोग नभएकोमा चिन्ता समेत व्यक्त गरेका थिए ।

गुटगत राजनीतिका कारण नेपाली कांग्रेसले विगतको निर्वाचनमा पराजय ब्यहोरेको बताउँदै युनियनकर्मीहरुले युनियनमा समेत गुटका आधारमा नेतृत्व चयन गर्ने परिपाटीको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको थियो । जेठ ३१ गते सम्म सञ्चालन हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू