अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०४ | Colorodo: 18:19

अभिनेता अनुपम खेरलाई आईफा अर्वाड

बिआरटीनेपाल २०७५ जेठ २८ गते ११:२१ मा प्रकाशित

भारतीय अभिनेता अनुपम खेर फिल्म क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याए बाफत उनलाई बैंक्कमा हुन गैरहेको १९औ अन्तर्राट्रिय फिल्म एकेडेमी पुरुस्कारबाट सम्मानित हुँदैछन ।

उनको बयान अनुसार ‘म भारतीय फिल्म उद्योगको हिस्सा बनेकोमा गौरव महसुस गरिरहेको छु । मेरो ३४सालको फिल्मी अनुभवमा तपाईँ सबैबाट पाएको माया र स्नेहले गर्दा आज योे उपलब्धिको पात्र बनेको भवमा तपाईँ सबैबाट पाएको माया र स्नेहले गर्दा आज योे उपलब्धिको पात्र बनेकोछु ।’

उनले अगाडी भनेका छन् ‘यस्ता प्रकारका पुरुस्कारले मलाई हौसलामात्र होइनकि अरू बढी जिम्मेवारीको भावना पनि बढाएको छ । जस प्रति म आफ्नो फिल्मी उद्योग र देशका प्रतिनिधिको साथमा अन्तर्राष्ट्रिय फिल्म उद्योगमा रहेर सेवा गर्ने प्रण गर्दछु ।’

अन्तर्राष्ट्रिय फिल्म सहित ५०० भन्दा बढी फिल्ममा काम गरिसकेका अनुपमले आफ्नो अभिनयको सुरुवात १९८४मा प्रर्दशित फिल्म ‘सारांश’बाट गरेका थिए । सिनेमा र कला क्षेत्रमा योगदान २००४ मा पद्य श्री पुरुष्कार र २०१६ मा पद्य भूषण पुरुष्कारबाट सम्मानित भैसकेका छन् । आईफा अर्वाड २१ जूनबाट २४ जूनसम्म आयोजना हुनेछ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू